पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको छ । उक्त हेलिकोप्टर ताप्लेजुङको पाथिभरा मन्दिर नजिकै दुर्घटना भएको हो ।

मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा हेलिकोप्टर क्र्यास भएको प्रहरीले जनाएको छ ।

अहिले घटनाको खबर प्राप्त भए लगत्तै प्रमूख जिल्ला अधिकारीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । त्यहाँका स्थानियले हेलिकोप्टरमा आगो बलिरहेको देखेको बताएका छन् ।

सो हेलिकप्टर दुर्घटना भएको खबर पाएपछि काठमाडौँबाट सो एयरलायन्स कम्पनीको अर्को हेलिकोप्टर पनि उद्धारका लागि प्रस्थान गरेको छ ।

घटनापछि सम्पर्कविहीन रहेको हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ ।

घटनाबारे विस्तृत जानकारी आउन वाँकी छ ।