नोबेलले भित्र्यायो नेपालमै पहिलो ओसिटि मेसिन

0
Shares

सरोज यादव, विराटनगर ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजले मुटुको उपचारमा आवश्यकपर्ने अत्याधुनिक उपकरण ओसिटि मेशिन नेपालमै पहिलोपटक भित्र्याएको छ । नयां उपकरण भित्र्याइएसंगै सो अस्पतालले ओपेन हार्ट सर्जरी गर्ने घोषणा समेत गरेको छ । नोबेल मेडिकल कलेजले मुटु रोगको गुणस्तरीय र भरपर्दो उपचारका लागि अत्याधुनिक थ्रीडी ओसिटी मेसिन जडान गरेको छ । नेपालमै पहिलो पटक सो कोलेजले मुटुको जटिल एन्जियोप्लाष्टिकोलागि उपयोगी मानिने ओसिटी मेसिन दुई करोडको लागतमा खरिद गरि संचालनमा ल्याएको हो ।

अस्पताल परिसरमा मंगलबार आयोजित कार्यक्रमकाबीच प्रदेश एकका मुख्यमन्त्री शेरधन राइले अस्पताल कक्षमा जडान गरिएको मेशिनको उदघाटनगर्दै संचालनमा ल्याए । कोरोनरी आर्टरी सांगुरिएका बिरामीहरुको ब्लकेज खोल्ने क्रममा स्टेण्ट राख्न सो मेसिन अत्यन्तै उपयोगी मानिन्छ ।

नसा भित्रको भिडियो एक्सरे गरेर त्यहाको वास्तविक अवस्था पत्ता लगाउन सो मेसिनले मद्दत गर्ने जनाइएको छ । सो मेसिनले स्टेण्ट हाल्नुपर्ने वा नपर्ने, हाल्दा कस्तो र कत्रो साईजको हाल्नुपर्ने, स्टेण्ट राख्दा राम्रोसँग मिल्यो कि मिलेन जस्ता सवै कुरा मेसिनकै माध्यमबाट पत्ता लाग्ने हुनाले उपचार प्रभावकारी हुने अस्पतालका डाइरेक्टर तथा कार्डियोलोजी विभागका प्रमुख डाक्टर राजेश नेपालले जानकारी दिए ।

ओसिटि मेशिन उदघाटन कार्यक्रममा बोल्नुहुंदै मुख्यमन्त्री राईले प्रदेश १ लाई स्वास्थ्यको हवको रुपमा विस्तार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुहुंदै निजी क्षेत्र संग सहकार्य गरेर अघि बढ्ने बताए । उनंले नीजी क्षेत्र वाट नयाँ काम गर्न अघि बढ्नेलाई प्रदेश सरकारले सवै प्रकारको सहयोग गर्ने अश्वासन समेत दिए ।

नेपालमै पहिलो पटक ओसिटी मेसिन संचालनमा आएपछि मुटुको एन्जियोप्लाष्टिका लागि गुणस्तरीय र भरपर्दो उपचारको थालनी भएको अस्पतालका वोर्ड अफ डाइरेटर डाक्टर सुनिल शर्माले बताए । उनंले आउदो बैशाख २३ गतेबाट नोबेल अस्पतालले ओपेन हार्ट सर्जरी गर्ने घोषणा समेत गरे ।

विराटनगरमैं मुटुसंग सम्बन्धित सबै प्रकारको उपचार र सर्जरी समेत हुनेभएपछि अव नेपालका मुटु रोगीलाई भारत संगै तेश्रो मुलुक जानुको झन्झट हट्ने उनको भनाई थियो । नोबेलले भित्राएको नेपालमै पहिलो ओसिटि मेशिन करिब २ करोडको हो ।