कुखुरामा संक्रमण देखिएपछि, हेटौंडामा १५ हजार कुखुरा मरे

0
Shares

मकवानपुर ।
हेटौंडा उपमहानगरपालिकामा कुखुरामा गम्भीर प्रकृतिको संक्रमण देखिएको छ । वडा नम्बर ७, ८ र ११ वडामा संक्रमणका कारण एक सातामा अण्डा तथा मासुका लागि पालिएका १५ हजार भन्दा बढी कुखुरा मरेका छन् । अन्य हजारौं कुखुरामा संक्रमण देखिएको छ ।

सरोकारवाला निकायले ल्याव परीक्षणबाट आएको रिपोर्ट गुपचुप राख्दा धेरै क्षति भएको छ । एकसाता अघि नै ‘रिजल्ट सस्पेक्टेड’ आएपनि कुखुरा बिक्री वितरणमा कुनै रोकतोक नगरिनु पशुसेवा केन्द्रको त्रुटी देखिएको छ । एक सातामा संक्रमणबाट १५ हजार बढी कुखुरा मरेका छन् भने धेरैमा संक्रमण देखिएको छ । अण्डाका लागि पालिएका लेयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लुको आशंका गरिएको थियो । तर एक साता अघि नै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, मकवानपुरको टोलीले कुखुराको नमूना परिक्षण गरेको थियो । ल्याब परिक्षणबाट गम्भीर प्रकृतिको रोग अर्थात सस्पेक्टेड रिर्पोट आएको थियो ।

केन्द्रले रिपोर्टबारे स्थानीय प्रशासनलाई समेत जानकारी नदिएको बताइएको छ । कुखुरा व्यवसायीसँगको मिलेमतोमा रिपोर्ट लुकाइएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ ।

कुखुरामा देखिएको संक्रमणमा पशुसेवा कार्यालय मौन बसेपछि उपभोक्ता हित संरक्षण मञ्च, स्थानीय प्रशासन, उपभोक्ता मञ्च, पशुसेवा कार्यालय, प्रहरी, सञ्चारकर्मीको टोलीले कुखुराको खोर निरीक्षण गरेका थिए । टोलीले उच्च संक्रमण रहेको आशंका गरिएका ५ वटा खोरबाट कुखुराको ¥यालको नमुना संकलन गरेको छ । जिल्ला प्रशासन कार्यालयले नमुना संकलन गरेका स्थान र त्यसको वरिपरीका कुखुराजन्य उत्पादन बिक्रीमा रोक लगाइएको छ ।