नेकपाका ५ जना कार्यकर्ता पक्राउ

0
Shares

इलाम ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५ जना कार्यकर्ता इलामबाट पक्राउ परेका छन् । संगठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गरिरहेका ५ जना कार्यकर्ता इलामको फाकफोकथुम गाउँपालिका ५ आमचोकवाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ताप्लेजुङ खेजेनिमका केवि लिम्बू, इलामका विमल वस्नेत, भोजपुरका अमृत मगर, धनकुटाका विक्रम राई र झापाका वावा लिम्बू रहेका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसहित सहिदहरुको सम्झनामा मंगलबार शहिद सप्ताहको कार्यक्रम सुरुवातको कार्यक्रम समेत रहेको स्थलवाट प्रहरीले पक्राउ गरेको बताएको छ ।