११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने एक जना पक्राउ

0
Shares

दाङ ।
प्रहरीले जबरजस्ती करणी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही १८ अम्बापुर बस्ने ३१ वर्षीय सुनिल थापा रहेका छन् ।
प्रहरीले उनलाई सोमबार बिहान ४ बजे पक्राउ गरेको हो ।
उनलेले मदिरा सेवन गरी ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पिडितको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि करणी सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडी बढाइएका छ ।