यौन दुव्र्यवहारको आरोपमा शिक्षक पक्राउ

0
Shares

हेटौंडा ।
पटकपटक यौन दुव्र्यवहारको प्रयास गरिएको तर प्रहरीसमक्ष उजुरी नगरिएका एक शिक्षक बल्ल शिक्षिकाकाे उजुरीले पक्राउ परेका छन् ।

मकवानपुरको बकैया गाउँपालिका–१२ मा रहेको कोलखोप प्राविका शिक्षक महेन्द्रप्रसाद यादवले सोही विद्यालयकी एक शिक्षिकामाथि बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको थियो । यसअघि पनि गाउँपालिकामा छलफलपछि यस्ता घटना मिलाइएको स्थानीयले बताएका छन् ।

पटकपटक यस्ता नराम्रा गतिविधिमा संलग्न यादवले शिक्षक महिलामाथि बलात्कार प्रयास गरे पनि घटना ‘मिलाउने’ प्रयास गरेका थिए । तर, शिक्षक महिला न्यायका लागि जिल्ला प्रहरी कार्यालय पुगेपछि घटना बाहिर आएको हो ।

शिक्षक यादवले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै शिक्षिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी छन् । फागुन २ गते आफूमाथि शिक्षक यादवले बलात्कार प्रयास गरेको भन्दै उनले फागुन ९ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपश्चात् मकवानपुर प्रहरीले सोही दिन यादवलाई पक्राउ गरी थुनामा राखेको छ ।

शिक्षिकाले भनिन्– फागुन २ गते प्रणय दिवसको दिन मलाई एक्लै देखेर उसले बलात्कार प्रयास ग¥यो, वरिपरि कोही भेटिनँ । मोबाइलबाट पतिलाई फोन गरें र मान्छे बोलाउँ कि छाड्छस् भनेर ठूलो स्वर गरेपछि मान्छे आउलान् भन्ने डरले मलाई छाडे ।

शिक्षक यादवले आफ्नो संवेदनशील अंगहरुमा आज भ्यालेन्टाइन डेको दिन त रमाइलो गर्नुपर्छ भन्दै जबर्जस्ती छोएको उनी बताउँछिन् । ‘यसअघि विद्यालयमा एक्लै भेट्दा छुने प्रयास गरेका थिए, सुध्रिएलान् भनेर म चुप रहें,’ उनले भनिन्– अत्ति भएपछि मैले आँट गरें ।

फागुन २ गते भएको घटना फागुन ८ गते ढिला दर्ता गर्नुपरेको उनले बताइन् । पति काठमाडौं बस्ने र घर टाढा भएका कारण उजुरी दर्ताका लागि ढिला भएको उनले बताइन् ।

पीडक भनिएका शिक्षक यादवले प्रहरीलाई बताए अनुसार विद्यालय सञ्चालक समितिले ती शिक्षिकाको १५ दिनको तलब कटाएका कारण आफूलाई यस्तो आरोप लगाएको बताएका छन् । तर, शिक्षिका भन्छिन्– भदौमा छोरा बिरामी भएका कारण म काठमाडौंमा जानुप¥यो । लामो समय बिदा लिनुपरेको थियो । त्यसकारण आफ्नो तलब काटिएकोमा दुःखेसो नभएको उनको भनाइ छ ।

आफूमाथि यस्तो हर्कत गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको माग छ । आवश्यक पर्दा आफ्नो पहिचान सार्वजनिक गर्न आफू तयार रहेको बताउँदै उनले शिक्षकलाई कडा कारबाही हुनुपर्ने बताइन् । उनका ४ वर्षकी छोरी र २ वर्षका छोरा रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी मुकेशकुमार सिंहले शिक्षिकाको जाहेरीपछि शिक्षक यादवलाई पक्राउ गरिएको बताए ।