भारत–पाकिस्तान विवादः नेपाल प्रहरीद्धारा भारतीय सीमा क्षेत्रमा उच्च सुरक्षा बढाइयो


नेपाल समाचारपत्र, काठमाडौँ ।
छिमेकी मुलुकहरु भारत र पाकिस्तानबीच युद्धको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित काश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो ।

यस लडाईले नेपालमा समेत असर पर्ने भएकाले नेपाल प्रहरीले भारतसंग जोडिएका सम्पूर्ण सीमा क्षेत्रमा उच्च सुरक्षा अपनाएको छ । यससंगै प्रहरीले विमानस्थलमासमेत चेकजाँचमा कडाई गरिएको छ ।

यसैबीच केहि शंकास्पद व्याक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई भने अहिले सार्वजनिक गरिएको छैन ।