ग्याँस विक्रेता महासंघले फागुन ३० बाट आन्दोलन गर्ने

0
Shares

विराटनगर ।
ग्यास बिके्रता महासंघले आउदो फागुन ३० गतेदेखी देशभरि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण ठप्प पार्ने गर्ने घोषणा गरेको छ । कमिसन वृद्धि लगायतका मुख्य माग राखी गत बर्षदेखी नै आन्दोलनमा रहेको महासंघले यस पटक सशक्त तथा निर्णायक आन्दोलन गर्न लागेको हो । महासंघको यो घोषणाले देशभरिका लाखौ उपभोक्ता मारमा पर्ने छन ।

ग्यास बिक्रेता महासंघका प्रदेश न १ अध्यक्ष सरल पोखरेलले माग पुरा नभएसम्म हडताल जारी रहने बताए । निर्णायक आन्दोलन भएकैले अन्तिम लडाईमा साथ दिन उपभोक्ताहरूसग आग्रह गरे । “ हडताल महिनौ दिन वित्न सक्ने भएकोले यसबाट पर्न सक्ने असुविद्या प्रति क्षमा प्रार्थी छौ ।” उनले भने । सरकारले १० बर्षदेखी बिक्रेताहरूलाई एउटै कसिन दिएको विरोधमा आन्दोलन घोषणा गरिएको हो ।

जसअनुसार बिक्रेताले प्रति सिलिण्डरमा २ दशमलव ३७ प्रतिसत मात्र कमिसन पाइरहेका छन । लगानीको आधारमा प्रति सिलिण्डर कमिसन बढाएर ६ प्रतिसत पुर्याउनु पर्ने महासंघको मुख्य माग छ । कमिसन समायोजन नहुदा १० बर्षदेखी बिक्रेताले एउटा सिलिण्डरबाट २८ रूपैया मात्र मुनाफा पाइरहेका छन । कुल मुनाफा ३२ रूपैया देखिएपनि १३ प्रतिसत भ्याट कटाउदा २८ रूपैया बिक्रेताले मुनाफा पाइरहेको अध्यक्ष पोखरेलले खुलासा गरे । १३ सय ४८ रूपैयामा खरिद गरेको सिलिण्डर १३ सय ८० मा बिक्री वितरण भैरहेको छ ।

त्यसमा बिक्रेताले प्रति खाली सिलिण्डरको २२ सय रूपैया उद्योगमा अग्रिम जम्मा गर्नुपर्दछ । खाली सिलिण्डरको रकम अग्रिम जम्मा नगरे डिलर खोल्न पाइदैन । उपभोक्तालाई प्रति सिलिण्डर बिक्री गर्दा विक्रेताको कुल लगानी ३ हजार ५ सय ४८ मा पर्न आउछ । २८ रूपैया मात्र मुनाफा आउने हुँदा लगानीको अनुपातमा ६ प्रतिसत कमिसन वृद्धि गर्नुपर्ने हाम्रो मुख्य माग हो अध्यक्ष पोखरेलले बताए ।

यस्तै महासंघले प्रमाणिकरण गरेर मात्र डिलर खोल्न दिनुपर्ने , उपभोक्ता सचेतना कार्यक्रम संचालन गर्नुपर्ने , बिक्रेता र कामदारको विमा अनिवार्य हुनुपर्ने माग अघि सारेको छ ।