बलिदान दिवसको अवसरमा ५८ सहिद परिवारहरुलाई सम्मान

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानको कुमाख गाउँपालीकाले २४ औं बलिदान दिवसको अबसर पारी सहिद परिवारहरुलाई सम्मान गरेको छ । गाउँपालीकाले जनयुद्ध र जनाआन्दोलनका क्रममा सहिद तथा बेपत्ता परिवारहरुलाई सम्मान तथा अभिनन्दन गरेको हो ।

दिवसको अबसरमा गाउँपालीका भित्रका ५८ जना सहिद परिवारलाई १, १ वटा बल्याङकेट,दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको गाउँपालीकाले जनाएको छ ।

उनिहरुलाई गाउँपालीकाको कार्यलयमै बोलाएर पुर्ब सासंद उमाकान्त शर्मा, जिल्ला समन्वय समितीका उपप्रमुख हरी प्रकाश बुढाथोकी, गाउँपालीका अध्यक्ष दिलमाया बुढा, उपाध्यक्ष डिल्लीराज जैसिले उनिहरुलाई १, १ वटा बल्यमङकेट, दोसल्ला र प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको हो ।

साथै उनिहरुलाई आउने जाने खर्च भनेर १ हजार रुपैया समेत प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत बिनोद अधिकारी बताउनु भएको छ । गाउँपालीकाको बार्षिक कार्यक्रम अनुसार नै यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।

जनयुद्ध र जनआन्दोलनमा सहिद र ब्यपत्ता भएकाका परिवारको घाउमा थोरै भए पनि मलमपटि लगाउनु पर्छ, उनिहरुलाई सम्मान गर्नुपर्छ, उनिहरुको मनोबल बढाउनु पर्छ भन्ने उदेश्यले नै गाउँपालीकाको नितिकार्यक्रम अनुसार नै उनिहरुलाई सम्मान गरिएको उहाँले बताउनु भयो ।