भोजपुरमा कृषकको लाखौँ रकम उठाएर भाग्यो कर्णाली एग्रिकल्चर

0
Shares

गणेश विष्ट, भोजपुर ।
फलफूल तथा विरुवा दिने शर्तमा कर्णाली एग्रिकल्चर डेभलपमेन्ट नेपालले जिल्लाका २५ सय कृषकको लाखौ रकम उठाएर फरार भएको छ । कृषक तथा वनसँग कार्यक्रम गर्ने शाखा कार्यालयको रुपमा दर्ता भएको संस्थाले कृषकसँग ३ सयका दरले करिब ७ लाखभन्दा बढी रकम संकलन गरेर सम्पर्क्विहीन भएको हो ।

एग्रिकल्चरले गएको भदौ ५ गतेबाट नियुक्ति दिएका कर्मचारीलाई तलब नदिएपछि कर्मचारीकोसमेत विचल्ली भएको छ । कर्मचारीहरुले गाउँ–गाउँ गएर विभिन्न जातका फलफूल तथा रुखका विरुवा दिने सर्तमा उक्त रकम संकलन गरेका थिए । रकम संकलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरु फरार भएको कर्मचारी उत्तराज खड्काले बताउनुभयो ।

संस्थाले भोजपुर नगरपालिका–७ सातधारामा कार्यालय स्थापना गरेको थियो । कार्यालय स्थापना गरेपछि कर्मचारी भर्ना खुलाएरसमेत रकम संकलन गरेको संस्था अहिले बन्द रहेको छ ।

संस्थाले अर्गा्निक खेती, वन संरक्षणसम्बन्धी जन चेतनामुलक कार्यक्रम, वन विकाससम्बन्धी धारणा विकास, उन्नत जातका विउविजनहरु उत्पादन, वजार व्यवस्थापनसम्बन्धी सहजीकरण जस्ता विभिन्न कार्यक्रमसमेत गर्ने बताउँदै काममा पठाएको कर्मचारीहरुले बताएका छन् ।