२५औं मिस नेपालको खोजी शुरू

0
Shares

नेपालकै सबैभन्दा पँरानो सौन्दर्य प्रतियोगिता मिस नेपालको यस वर्ष २५औं संस्करण हुने भएको छ। मिस नेपाल २५औं वर्ष पुगेको अवसरमा यसपटकदेखि मिस नेपालका प्रतिस्पर्धाबाट मिस नेपाल वल्र्ड, मिस नेपाल युनिभर्स, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल सुप्रानेसनलका रूपमा विजेताहरूलाई ताज पहि¥याइने भएको छ। यी विधामा विजयी हुने सुन्दरीहरूले विभिन्न देशमा हुने आ–आफ्नो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक संस्था हिडन ट्रेजरद्वारा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।

काठमाडौं जेसिसको रजत जयन्ती समारोहको अवसरमा थालनी भएको मिस नेपाल प्रतियोगिताले यस वर्ष मिस नेपाल आयोजनाको रजत जयन्ती वर्ष मनाउँदै छ। यसै अवसरमा मिस नेपाल २०१९ को खोजी आरम्भ भएको घोषणा गरिएको छ। द हिडेन ट्रेजरको आयोजनामा हुने मिस नेपाल २०१९ मा सहभागिताका लागि इच्छुक युवती अविवाहित तथा १९ देखि २५ वर्ष उमेर समँहको हुनुपर्ने प्रावधान राखिएको छ भने नेपाली नागरिकता र पासपोर्ट भएको, कम्तीमा ५ फिट ४ इन्च उचाइ, कम्तीमा १० जोड दुई वा सोसरहको अध्ययन पँरा भएको हुनुपर्ने प्रावधान पनि राखिएको छ। विदेशमा बस्ने नेपाली युवतीले समेत स्पर्धा गर्न सक्ने प्रतियोगितामा मिस नेपाल ओसिनिया, मिस हङकङ नेपाल, मिस पोखरा, मिस पँर्वाञ्चल, मिस पश्चिमाञ्चल र मिस चितवनले अडिसन नदिई प्रतियोगितामा सामेल हुने अवसर पाउनेछन्। यसअनुसार मिस नेपाल ओसिनिया २०१८ अनुष्का श्रेष्ठ, मिस हङकङ नेपाल २०१८ प्रिया गुरुङ, मिस पँर्वाञ्चल २०१८ पँजा श्रेष्ठ र मिस पोखरा २०१८ सारा बजिमयले मिस नेपाल २०१९ को अन्तिम स्पर्धाका लागि आफँलाई सुरक्षित गराइसकेका छन्।

आयोजकका अनुसार मिस नेपाल २०१९ का लागि आगामी फागुन २९ देखि चैत १ गतेसम्म धनगढी, नेपालगन्ज, बुटल र पोखरामा, चैत ३ देखि ५ गतेसम्म चितवन, वीरगन्ज, धरान र बिर्तामोड तथा चैत १० गते काठमाडौंमा अडिसन हुनेछ। अडिसनबाट छानिएका २० देखि २५ जना प्रतिस्पर्धीले काठमाडौंमा ७ हप्तासम्मको ग्रमिङ र प्रशिक्षणपश्चात् आगामी मे ९ वैशाख २६ गते बिहीबारका दिन राजधानीमा अन्तिम स्पर्धा हुनेछ। पत्रकार सम्मेलनमा मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडा, मिस नेपाल युनिभर्स २०१८ मनिता देवकोटा, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनल २०१८ रोनाली अमात्य र मिस नेपाल सुप्रानेसनल २०१८ महिमा सिंहले आफँले सहभागिता जनाएको अन्तर्राट्रिय प्रतियोगितामा बटुलेको अनुभव र उपलब्धि सुनाएका थिए।