जेसुम यात्रा बौद्वमा

0
Shares

कला, साहित्य र रंगमञ्चमा स्थानीय सम्पदा र संस्कृति प्रवद्र्धन गर्ने ध्येयले शुरू भएको जेसुम यात्राको पाँचौं शृंखला राजधानीको बौद्ध महाचैत्यमा सम्पन्न भएको छ। यसपटक सोनाम ल्होछारको सन्दर्भसमेत पारेर बौद्धमा गरिएको अभियान संयोजक एवं कवि अनिता लामाले बताइन्।

बौद्ध तामाङ कल्याण गुठीको सहकार्य रहेको यसपटकको यात्राअन्र्तगत कोरा सकाएपछि चित्रकार र कविले स्थलगत सिर्जना गरेका थिए। सिर्जनापछि चित्र प्रदर्शनीसँगै कविता बाचन गरिएको कार्यक्रममा साथ दिन स्थानीय जनप्रतिनिधिदेखि सांसद कृष्ण राईसम्म पनि पुगेका थिए।

कविहरूले विश्वसम्पदा सँचीमा परेको बौद्धनाथको सौन्दर्य, यसको सांस्कृतिक, धार्मिक महŒव, उत्पत्ति कथादेखि पछिल्लो सन्दर्भसमेत समेटेर कविता रचेका थिए भने चित्रकारले यिनै पक्षलाई वाटर कलरको माध्यमबाट क्यान्भासमा उतारेका थिए।

स्थलगत सिर्जनापछिको कवि गोष्ठीमा कवि अनितासँगै शशी लुमुम्बु, फँलमान वल, विना थिङ, रमेश कँडेल, शुक्र राई, विनु पोखरेल, गायत्री धिताल, वीरबल तामाङ, धर्मनन्द भट्ट, जगत तामाङलगायतले आआफ्ना सिर्जना सुनाएका थिए भने चित्रकारहरू एनबी गुरुङ, डिराम पाल्पाली, डीबी राई, विनोदकुमार गुप्ता, र दीपेन्द्रमान बनेपालीले आआफ्ना सिर्जना प्रदर्शनीमा राखेका थिए। प्रदर्शनीकै क्रममा चित्रकार डीराम पाल्पालीको बौद्ध ल्यान्डस्केप चित्रलाई एक ताइवानी नागरिकले १५ हजार रुपियाँमा खरिद गरेका थिए।

कवि गोष्ठीमा सांसदद्वय कृष्ण राई र छिरिङ दोर्जे लामा, बौद्धनाथ क्षेत्र विकास समितिका पँर्वअध्यक्ष सम्पँर्णकुमार लामा, अध्यक्ष चन्द्रमान लामा, लेखक एवं पँर्व वडाध्यक्ष नेपालजित लामा, वडाध्यक्ष दीपेन्द्र लामा, सञ्चारकर्मी वीरबहादुर वाइबा, सुरज लामालगायतले स्रष्टाहरूको सिर्जनाप्रति प्रतिक्रिया दिएका थिए।