धनगढी ।
नेपालकै लामो नदी कर्णालीमा एकै पटक ११ सय मानिसलाई ¥याप्टिङ गराएर विश्व किर्तिमान राख्ने तयारी गरिएको छ । कैलाली भ्रमण वर्षको अवसरमा जिल्ला समन्वय समितिको आयोजनामा यही फागुन अन्तिम सातामा हुने ¥याप्टिङका लागि तयारी गरिन लागिएको हो । ¥याप्टिङका लागि जिल्ला समन्वय समितिले आवश्यक तयारी तीब्र पारेको जिल्ला समन्वय समितिका संयोजक सुर्यबहादुर थापाले बताउनुभयो ।
यसै सिलसिलामा जिल्ला समन्वय समितिको अगुवाईमा विश्व किर्तिमान कायम राख्नका लागि ¥याप्टिङ सुरु गरिने कैलालीको मोहन्याल गाउँपालिकाका वडा नम्बर ६ सोल्टा क्षेत्रका बासिन्दासंग भेटघाट तथा छलफल गरिएको छ । नेकपामा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापासहितको उपस्थितिमा शनिबार सोल्टामा स्थानीयसंग ¥याप्टिङका बारेमा छलफल भएको हो ।
¥याप्टिङ गर्न सोल्टामा पुग्ने मानिस लगायतको स्वागत, खान, बस्नलगायतको व्यवस्थापनका लागि गर्न सकिने विषयमा छलफल गरिएको छ । यहाँ आयोजित कार्यक्रममा बोल्दै नेकपाका प्रदेश अध्यक्ष थापाले ¥याप्टिङका लागि आवश्यक तयारीमा जुट्न स्थानीयलाइ आग्रह गर्नुभयो ।
कर्णालीमा ¥याप्टिङका पर्यटक तान्न अहिले गरिन लागिएको विश्व किर्तिमान राख्ने गरि आयोजना गरिने ¥याप्टिङले ठूलो सहयोग पुग्ने उहाँले बताउनुभयो । पर्यटकहरु बढ्दै गए उपत्यकाकै रुपमा रहेको नदी क्षेत्रको सोल्टा क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकास हुने भएकाले यसका लागि सबैले लाग्न जरुरी रहेको बताउनुभयो ।
एक सय १२ भन्दा बढी ¥याप्टिङ बोर्डमा ११ सय भन्दा बढी मानिसहरुले कर्णालीमा ¥याप्टिङ गर्ने जिल्ला समन्वय समिति कैलालीका संयोजक थापाले जानकारी दिनुभयो । ¥याप्टिङ कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । यही चैत्र २५ गते समय तोकेपनि प्रधानमन्त्रीको समय नमिलेमा एक÷दुई दिन तलमाथि हुन सक्ने जिसस संयोजक थापाले बताउनुभयो । ‘यही चैत्र २५ गतेको समय तोकेका छौं,’ उहाँले भन्नुभयो, ‘तर, प्रधानमन्त्रीको समय फिक्स भइसकेको छैन, एक दुई दिन तलमाथि हुन सक्छ ।’
उहाँले प्रधानमन्त्रीको समय सोमबार (आज) सम्म थाहा हुने बताउनुभयो । ¥याप्टिङका लागि आवश्यक ¥याप्टिङ बोर्डको व्यवस्थापनका लागि पनि काठमाडौं, भोटेकोशी, त्रिशुलीका ¥याप्टिङ एडभेन्चर कम्पनीहरुसंग समन्वय भइरहेको उहाँले बताउनुभयो । उहाँकाअनुसार भेरी कर्णाली ¥याप्टिङ कम्पनी र कर्णाली ¥याप्टिङ एण्ड एडभेन्चरसंग यस विषयमा छलफल भइरहेको छ । ¥याप्टिङका लागि झण्डै १२ सय भन्दा बढी मानिस ¥याप्टिङमा उत्रिने भएकाले त्यसका लागि आवश्यक ¥याप्टिङ बोर्ड नेपालबाट पुर्याउन नसके भारतबाट पनि ल्याइने संयोजक थापाले बताउनुभयो ।
¥याप्टिङ सोल्डादेखि चिसापानी २३ किलोमिटरको दुरीसम्म गरिने छ । जुन यो एकैसाथ ¥याप्टिङमा उत्रिनेको संख्या विश्वमै धेरै हुनेछ । विश्व किर्तिमान कायम गर्नका लागि ¥याप्टिङ गरिने भएकाले यसका लागि गिनिज बुक अफ वल्र्डको टीम पनि ¥याप्टिङ स्थलमा आउने आयोजक जिससले जनाएको छ । ¥याप्टिङ गर्नका लागि कर्णाली नदी देशकै सबैभन्दा राम्रो र सुरक्षित गन्तव्य रहेको कर्णाली ¥याप्टिङ एण्ड एडभेन्चर कम्पनीका सञ्चालक विष्णु जैशी बताउनुहुन्छ । कणाली नदीको ¥याप्टिङ भोटेकोशी, त्रिशुलीलगायतका भन्दा राम्रो भएपनि प्रचार प्रसार अभावले पर्यटकको संख्या बढ्न नसकेको उहाँले बताउनुभयो ।
अहिले दिपायलदेखि चिसापानीसम्म र सुर्खेतको मेलकुनादेखि चिसापानीसंग आफूले ¥याप्टिङ गराइरहेको बताउनुभयो । ‘कर्णाली देशकै लामो नदी हो, जति पनि ¥याप्टिङ गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘मैले अहिलेसम्म विदेशी पर्यटकहरुलाई चार दिनसम्मको ¥याप्टिङ गराएको छ ।’ उहाँले आफूसंग ¥याप्टिङका लागि सबै बन्दोबस्तोको सामग्री भएको बताउनुभयो । उहाँले ¥याप्टिङका लागि कर्णाली सबैभन्दा राम्रो भएकाले पर्यटकहरु भित्र्याउने प्रचार प्रचार सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो । ¥याप्टिङका लागि मंसिरदेखि फागुनसम्मको समय उपयुक्त मानिन्छ ।











प्रतिक्रिया