नेपाल समाचारपत्र, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफूले कार्यभार सम्हालेदेखि आजसम्मको समयायधिलाई सिकाईसंगै गृह प्रशासनको सुधारको वर्ष भएको बताउनुभएको छ । उहाँले आफूले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको अवसरमा यस्तो बताउनुभएको हो ।
यसै अवसरमा थापाले नेपालको संविधान, कानून र नेपाल सरकारको मार्गचित्रलाई व्यवस्थित तवरले कार्यान्वयनमा ल्याउन गृह प्रशासन सुधार कार्ययोजनाको कार्यान्वयन गरिरहेको बताउनुभयो ।
सुरक्षा निकायहरुको परिचालनलाई थप व्यवसायिक तुल्याइएको उहाँले बताउनुभयो ।
उहाँले फलस्वरुप अपराध नियन्त्रणमा विगतदेखि थाति रहेका अनुसन्धान कार्यले सफलता पाएकोसमेत बताउनुभयो ।
थापाले तस्करी लगायतका संगठित अपराधको जालो तोड्न, यातायात क्षेत्रको सिण्डिकेट, विकास निर्माण र कानून कार्यान्वयनको क्षेत्रमा रहेको विकृति अपराध र भ्रष्टाचार नियन्त्रण गर्न भएका प्रयासहरुले सकारात्मक सन्देश सहितको नतिजा हासिल भएको बताउनुभयो ।
उहाँले लामो समय देखि अवरुद्ध वृत्ति विकास लगायतका मानव श्रोत व्यवस्थापनका कार्यहरु सुचारु भएको बताउनुभयो ।
यस्तै उहाँले शान्ति सुरक्षा, अपराध नियन्त्रण र सुशासनका क्षेत्रमा मुलुकले धेरै गर्न बाँकी भएको समेत स्पष्ट पार्नभएको छ ।
यस अवसरमा थापाले सम्पूर्ण नागरिकले व्यक्तिगत सामाजिक आर्थिक लगायतका गतिविधि गर्न सक्ने, मुलुकमा दत्तचित्त भई लाग्ने प्रविद्धतता सहित सबैमा अनुरोध समेत गर्नुभएको छ ।
गृहमन्त्री थापाको कार्यकालमा भएका उपलब्धिहरु जस्ताको तस्तैः
FINAL_MOHA_BOOK 2075 (2)










प्रतिक्रिया