२८ विद्यालयलाई कम्प्यूटरसंगै ई– हाजिरी वितरण

0
Shares

गणेश विष्ट, भोजपुर ।
भोजपुरको पौवादुङमा गाउँपालिकाकाले २८ ओटा विद्यालयलाई कम्प्युटर, इन्भटर सहितको सोलार सेट र ई– हजारी वितरण गरेको हो । गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयको शिक्षाको गुणस्तरलाई सुधार गरि विद्यार्थीलाई प्राविधिक ज्ञान दिलाउने उद्धेश्यले सामग्री वितरण गरेको हो ।

गाउँपालिकाले ११ ओटा विद्युत सेवा विस्तार नभएका विद्यालयलाई इन्भटर सहित १ सय वाटको सोलार, एक÷एक थान कम्प्यूटर र ई–हाजिरी वितरण गरेको छ । त्यस्तै १० ओटा विद्यालयलाई एक÷ एक थान कम्प्युटर र ई– हाजिरी वितरण गरेको छ, भने पहिला नै कम्प्यूटर जडान गरिएका ७ ओटा विद्यालयलाई ई– हाजिरी मात्र वितरण गरेको हो ।

गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार ४ लाख ५० हजारको इन्भर सहितको सोलार, ११ लाख ५० हजारको कम्प्युटर र २८ ओटा ई– हाजिरी वापत ४ लाख गरि २० लाख वरावरको सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम भटट्राईले जानकारी दिए । गाउँपालिकामा रहेका ६ ओटा स्वास्थ्य सस्थामा पनि तत्कालै ई–हाजिरी जडान गरिने गाउँपालिकाले जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिको शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्न गाउँपालिकाले निति तथा कार्यक्रम नै तयार गरेर लागेको वताए । साथै उनले यस्ता सामग्रीको उचित ढंगले संञ्चालन गरि विद्यार्थीहरुलाई प्राविधिक शिक्षा ज्ञान दिलाउन सवै विद्यालयहरुलाई आग्रह समेत गरे ।

उनले विद्यालयमा शिक्षक समय नपुग्ने समस्याले शैक्षिक गुणस्तर खस्कदै गएको वताउद,ै ई– हाजिरीले शिक्षकलाई समयमा आउन वाध्य वनाउने समेत विस्वार व्यक्त गरे । वितरणसंगै अव गाउँपालिका भरिका सम्पुर्ण ३३ वटै विद्यालयमा कम्प्युटर र ई– हाजिरीको व्यावस्था भएको समेत जानकारी दिए ।