शिक्षा क्षेत्रको सुशासनलाई अंकमा नाप्दै सामुदायिक विद्यालय

0
Shares

अनिल खत्री, गुल्मी ।
गुल्मी दरबार गाउँपालिका र छत्रकोट गाउँपालिकाका सामुदायिक विद्यालयहरुले विद्यालयको समग्र कार्यसम्पादन भएको सुशासनलाई अंकमा नाप्ने भएका छन् । विद्यालयको गत १ वर्षको कार्यसम्पादनको आधारमा जवाफदेहिता, सहभागिता, पारदर्शिता, कानुनको शासन लगाएतका क्षेत्रमा विद्यालयले गरेको कार्यसम्पादनको अवस्थालाई अंकमा मापन गर्नका लागि छत्रकोट गाउँपालिकाको वडा नं ३ हर्दिनेटा र गुल्मीदरबार गाउँपालिकाको वडा नं. २, जुभुंगमा एकीकृत ग्रामीण विकास समाज गुल्मीले पारस्परिक जवाफदेहिता परियोजनाअन्तर्गत उक्त विषयमा अन्तरक्रिया समेत सम्पन्न गरेको छ ।

वडाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सरोकारवालाहरुको सहभागिता रहेको उक्त अन्तरक्रियामा सामुदायिक विद्यालयका चुनौती र सुधारका सम्भावनाबारे समुहगत छलफल समेत गरिएको थियो । उक्त छलफलबाट विद्यालयमा शिक्षक विद्यार्थी आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्ने, दैनिक पाठयोजना अद्यावधिक र कार्यान्वयन हुनुपर्ने, विषयगत शिक्षकको व्यवस्था, साामाजिक परीक्षणमा जनसहभागिता वृद्धि गर्नुपर्ने लगाएतका विषयमा छलफल भएको थियो ।

पहिलाृ चरणमा वडा भित्रका सामुदायिक विद्यालयहरुमध्ये जुभुंगमा काभ्रेपोखरी मा.वि र हर्दिनेटामा मैन्डाडा मा.वि.छनौट गरी उक्त विधिको कार्यान्वयन गर्ने एकीकृत ग्रामीण विकास समाज गुल्मीद्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना संयोजक हीरा कुवँरले बताए । विभिन्न चरणमा विद्यालयको अवस्था विश्लेषण गरिसकेपछि सुधारका लागि कार्ययोजना बनाउने र कार्यान्वयनका लागि अनुगमन समिति समेत बनाउने संस्थाले जनाएको छ ।

उक्त छलफलमा एफ.एच.आई.३६० का खड्ग रम्तेल, संस्थाका उपाध्यक्ष भगवती श्रीस, सदस्य कमला विश्वकर्मा लगाएतको उपस्थिति रहेको थियो । एकीकृत ग्रामीण विकास समाज गुल्मीले गुल्मी र अर्घाखाँचीका स्थानीय तहसंगको समन्वयमा सुशासन प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।