‘ग्रीन बुक’ चलचित्र ओस्कार अवार्डमा उत्कृष्ट

0
Shares

काठमाडौँ । ‘ग्रीन बुक’ चलचित्र ओस्कार अवार्डमा उत्कृष्ट चलचित्र घोषित भएको छ ।

उत्कृष्ट चलचित्रको मनोनयनमा छनौट भएका ब्ल्याक प्यान्थर, अ स्टा इज बर्न, द फेभरेट, रोमाजस्ता चलचित्रलाई उछिन्दै ग्रीन बुक ओस्कार जित्न सफल भएको हो ।

भिग्गो मोर्टेनसेन र महेर्शाला अलीको मुख्य अभिनय रहेको यस चलचित्रले सन् १९६० दोस्रो विश्व युद्ध पश्चात देखिएको जातीय विभाजनको सुन्दर चित्र प्रस्तुत गरेको छ ।

ओस्कार चलचित्र क्षेत्रको विश्वकै सर्वोत्कृष्ट अवार्ड हो । अवार्ड समारोह अमेरिकाको डल्बी थिएटरमा आयोजना भएको थियो ।

अन्य विधाका ओस्कार विजेता

१)उत्कृष्ट अभिनेता: नाट्य चलचित्र बोहिमेन रापसोडीका नायक रामी मलिकले उत्कृष्ट अभिनेताको आवार्ड जिते ।

२) उत्कृष्ट अभिनेत्री: द फेभरेट चलचित्रकी नायिका ओलिभिया कोलम्यानले उत्कृष्ट अभिनेत्रीको आवर्ड जितिन् ।

३) बेस्ट एनिमेटेड फिचर: स्पाइडर–म्यानः इन्टु दि स्पाइडर–भर्सले ओस्कार जित्यो ।

४) उत्कृष्ट विदेशी भाषाको चलचित्र: मेक्सिकोमा बनेको चलचित्र रोमाले ओस्कार पायो ।

५) उत्कृष्ट सिनेमाटोग्राफी: रोमाले ओस्कार पायो ।

६) उत्कृष्ट डकुमेन्ट्री: फ्रि सोलोले ओस्कार पायो ।
–एजेन्सी