राजविराज, (नेस)
सप्तरीमा एक सशस्त्र प्रहरी जवानले एक सर्वसाधारण महिलालाई कुटपिट गरेका छन् । भन्सार छलि गरी सामान ल्याएर प्रहरीलाई पैसा नदिएको भन्दै महिलामाथि कुटपिट भएको हो ।
सशस्त्र प्रहरी वल तिलाठि वेस क्याम्पका जवान दिपेन्द्र झाले वरही विरपुर गाउँपालिका १ की अरुणदेवी यादवलाई कुटपिट गरेका हुन् । राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतामा उपचाररत महिलाको नाक तथा छातिमा चोट देखिएको स्वास्थ्यकर्मीले वताए ।
कुनौलि वजारवाट सामान लिएर आउँदा प्रहरी जवान झाले ५ सय रुपैया मागेको र पैसा नदिने भनेपछि कुटपिट गरेको यादवले वताईन् । आफुले भन्सार कटाएर सामान ल्याएकाले पैसा नदिएको उनको दावी छ ।
सिमा सुरक्षा कार्यालय राजविराजका डिएसपी नविन वोगटिले प्रहरीले हप्ता असुली र महिलालाई कुटपिट गरेका विषय गलत भएको भन्दै प्रहरीलाई वदनाम गराउन खोजीएको आरोप लगाए ।











प्रतिक्रिया