बाँझो जमिन गाउँपालिकाको लिजमा लिने

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
पर्वतको महाशिला गाउँपालिकाले बाँझो जमिनमा लिजमा लिएर ब्यबसायिक खेती गर्ने निर्णय गरेको छ ।

महाशिलाको शनिबार सम्पन्न पाँचौ गाउँसभाबाट बाँझो जमिनमा लिजमा लिएर ब्यबसायिक खेती गर्ने निर्णय गरेको हो । महाशिला गाउँपालिकाले यसअघि शुरु गरेको एक घर एक रोजगार कार्यक्रम मुलुकमै नमुना कार्यक्रमको रुपमा सञ्चालनमा छ ।

बसाईसराईका कारण अधिकाँश गाउँ खाली बन्दै गएका छन भने उब्जाउ जमिन बाँझो भएको छ । जमनि बाँझो राख्न नराख्ने र उपयुक्त खेती गर्नका लागि जमिन भाडामा लिने तयारी गरिएको गाउँपालिकाका प्रबक्ता जीवन उचै ठकुरीले जानकारी दिनुभयो । ‘जमिन बाँझो राख्दा उत्पादकत्व घटेको र बसाईसराई समेत तीब्र भएपछि गाउँबासीलाई जमिन भाडामा दिन आब्हान गर्ने निर्णय भएको हा’े , ‘प्रबक्ता तथा वडा नं ५ का अध्यक्ष ठकुरीले भने एक बर्ष भित्रमा बाँझो जमिन गाउँपालिकाले लिने योजना बनाएका छौ।’

महाशिलाले जमिन सके सम्म निशुल्क लिने र जग्गाको अवस्था हेरेर बार्षिक रुपमा भाडामा लिने योजना बनाएको छ । भाडामा लिएको जमिनलाई ब्यापारिक प्रतिष्ठान, सहकारी र स्थानिय कृषकका समुहलाई समेत भाडामा दिने तयारी भएको छ । ‘निजी, साझेदारी र सहकारीका माध्यमबाट बाँझो जमिनमा खेती गर्दै आम्दानी बढाउने योजना हो’ प्रबक्ता ठकुरीले भने ‘लगानी गर्न इच्छुक लगानीकर्तालाई आकर्षित गछौ ।’ महाशिलामा तरकारी, जडिबुटी, फलफुल, अलैंची खेती हुन्छ ।

गाउँपालिकाले महाशिला स्वयसेवक कार्यक्रम मार्फत एक घर एक रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । पालिकाले सके सम्म निशुल्क जमिन निश्चित समयलाई किसानबाट लिने योजना बनाइएको प्रमुख प्रशासकिय अधिकृत किसान क्षेत्रीले बताउनुभयो । यसले उत्पादनको क्षेत्रमा पनि पालिकालाई अग्रसर बनाउने योजना रहेको उहाँको भनाई छ ।

निर्माण स्वयसेवकहरुलाई पनि उत्पादनमा लगाउने योजना बनाएको छ । साढे तीन सय स्वयसेवकहरुले सामुहिक खेतीबाट आम्दानी गर्न सक्नेछन । स्वयसेवकहरुको सहकारी समेत बनाउने तयारी छ । सहकारीले खेती गर्न सक्ने योजना समेत रहेको छ ।

महाशिला गाउँपालिकालाई आत्मनिर्भर बनाउने अभियान अन्र्तगत बाँझो जमिन भाडामा लिने प्रकृया शुरु भएको अध्यक्ष राजु पौडेलले बताउनुभयो । ‘साझोरीमा ठुला, ठुला कृषि फर्म, सञ्चालन गर्ने, निजी क्षेत्रले सञ्चालन गर्न चाहेमा उनीहरुका लागि पनि जमिन दिन सकियो भने उत्पादनमा हामी एक नम्बर बन्न सक्छा’ै , उहाँको भनाई छ ।

यस बाहेक गाउँसभाले गाउँपालिका भित्रका महाशिला, चिसापानी, गोल्याङ्ग, पैंयुकोट लगायतका पर्यटकीय स्थलमा लगानी गर्न निजी क्षेत्रलाई आब्हान गर्ने निर्णय गरेको छ । गाउँपालिकाले एक वडा एक होमस्टे समेत शुरु गरिसकेको छ भने पैंयुकोटमा हुवासबाट केवलकार सञ्चालन गर्न सकिने बारे संभाब्यता अध्ययन गर्न बजेट समेत बिनियोजन गरेको छ ।

परिषदले महाशिलाको लुंखुलाई जिरो किमी मानेर यस बर्ष ३ किलोमिटर सडक कालोपत्रे गर्ने निर्णय गरेको छ । घण्टे देखि पाखापानी, लुंखु हुँदै भोक्सिङ्ग, होस्राङदी जोड्ने सडक र मिलनचोक हुँदै बालाकोटबाट होस्राङदी जोड्ने सडक कालोपत्रे गर्न डिपीआर बनाएको छ । गाउँपालिकाले आफ्नै स्रोतबाट कालोपत्रे गर्ने निर्णय समेत गरेको अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो ।