शिवम् सिमेन्टको आईपीओमा मागभन्दा बढी आवेदन

0
Shares

काठमाडौं, (नेस)
शिवम् सिमेन्टको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइतबार साँझसम्म ४४ हजार १३४ जनाले ४३ लाख ३४ हजार ५५० कित्ताका लागि आवेदन दिएसँगै मागभन्दा बढी आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता निष्काशन गरेको थियो ।

यस्तै आयोजना प्रभावितलाई ५ लाख ७९ हजार ६४० कित्ता खुला गरिएकोमा ७४१ जनाले ३ लाख ३६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले सर्वसाधरणको लागि प्रति कित्ता ३ सय रुपियाँको दरमा ४१ लाख २० हजार कित्ता र प्रभावित क्षेत्रका बासिन्दाको लागि प्रतिकित्ता २ सय रुपियाँको दरमा बाँडफाँड परेपछि बाँकी रहेको ५ लाख ७९ हजार कित्ता प्राथमिक निष्काशन गरेको छ । कम्पनीले प्रिमियम मँल्यमा आईपीओ जारी गर्ने पहिलो सिमेन्ट कम्पनी बनेर इतिहास बनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा सँचीकृत २१८ कम्पनीमध्ये २० प्रतिशतको हाराहारीमा मात्रै कम्पनी वास्तविक क्षेत्रबाट मात्र छन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेश गराउन जारी पुँजीको न्यँनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने र प्रिमियम मँल्यमा सार्वजनिक निष्काशन गर्न सकिने सहुलियतपँर्ण व्यवस्था गरेपश्चात शिवम्ले आईपीओ जारी गरेको हो ।

कम्पनीको फागुन ९ गतेसम्म आवश्यक शेयर आवेदन नपरेपछि बिक्री अवधि बढाउँदै दोस्रो चरणमा अर्थात चैत ५ गतेसम्म आवेदन दिन पाइनेछ । इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ ग्रेड ३ प्लस प्रदान गरेको छ ।