उपत्यकामा बिजुलीको तारलाई भूमिगत बनाइने

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं उपत्यकामा बिजुलीको तारलाई भँमिगत बनाउन तथा वितरण प्रणालीलाई स्वचालित गर्न नेपाल विद्युत प्राधिकरणले प्रक्रिया शुरू गरेको छ । प्राधिकरणले महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत्को तारलाई भँमिगत गर्न ठेकेदार छनोट गर्दै प्रक्रिया शुरू गरेको हो ।
तार भँमिगत गर्न सबैभन्दा कम रकम बोलकबोल गर्ने भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेड छनोट भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले गत फागुन ६ गते बोलपत्रको नतिजा सार्वजनिक गर्दै छनोट भएको कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ ।

कम्पनीले सँचना जारी भएको २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौताका लागि आउनुपर्नेछ । कम्पनीसँग महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको काम गर्न २ करोड ५५ लाख ८१ अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपियाँमा (करबाहेक) ठेक्का सम्झौता हुनेछ । त्यस्तै रत्नपार्क वितरण केन्द्रअन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपियाँमा (करबाहेक) सम्झौता गरिनेछ ।

मध्य तथा उत्तर काठमाडौं (महाराजगन्ज) का आयोजना प्रमुख अभिषेक अधिकारीले कम्पनीले कार्यसम्पादन जमानत ल्याएपछि ठेक्का सम्झौता हुने जानकारी दिनुभयो । ‘ठेक्का सम्झौताका सम्पँर्ण प्रक्रिया पँरा गरी आगामी जेठबाट काम शुरू गर्ने लक्ष्य तय गरेका छौं,’ अधिकारीले भने–‘कम्पनीले ठेक्का कार्यान्वयनमा आएको ३० महिनाभित्र काम सक्नुपर्ने छ ।’
प्राधिकरणल यसअघि अनुमानित लागतभन्दा महँगो दर आएपछि पुरानो टेन्डर प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया शुरू गरेको थियो ।

३० महिनाभित्र काम पूरा गर्न ठेकेदार छनोट

पहिलो चरणमा काठमाडौंको पँर्व तथा दक्षिणमा पर्ने बागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गोंगबु, सामाखुसीलगायतका महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भँमिगत तथा स्वचालित बनाउन लागिएको हो ।

ठेकेदार कम्पनीले भँमिगत वितरण प्रणालीको डिजाइन, समान आपँर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भँमिगत र अटोमेसन गरिने छ । तार भँमिगत गरिएसँगै दुई वितरण केन्द्रअन्तर्गतका करिव ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ । वितरण प्रणालीलाई भँमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ ।

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भँमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ । सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दँरीमा दुई खाल्डा खनेरबीचमा भँमिगत तरिकाले नै पाइप हाल्न सकिन्छ ।