जलविद्युत्को ‘हब’ बन्दै रसुवा

0
Shares

सरस्वती न्यौपाने, रसुवा
रसुवा पछिल्लो समयमा जलविद्युत् हबका रूपमा विकसित हुँदै आएको छ। हाल जिल्लामा निर्माणाधीन अवस्थाका मात्रै सयौं मेगावाटका आयोजना रहेका छन् ।

अधिकांश निर्माधीन जलविद्युत् आयोजनाको रसुवा मुहान भएर बग्ने त्रिशँली, लामटाङ, भोटेकोशी, चिलिमे, फलाखु खोलामा रहेका छन् । जलविद्युत् आयोजनाले जिल्लाकोे आर्थिक विकासमा ठँलो टेवा पुग्ने विश्वास जिल्लाबासीले गरेका छन् ।

निर्माणाधीन अवस्थामा रहेका अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण र त्यसैका सहायक कम्पनीले निर्माण गरिरहेका छन् ।

काममा अवरोध नआएमा आयोजनाको निर्माण २०७६ भित्र सम्पन्न हुनेछ
जिल्लामा न्यँनतम ५ मेगावाटदेखि २ सय १६ मेगावाट क्षमताका आयोजना निर्माण भइरहेको विद्युत विकास विभागले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको क्षेत्रबाट निर्माण हुन लागेको छ

जिल्लाभित्रै निर्माण हुन लागेको आयोजनाबाट ६ बाट ६ सय मेगावाट विद्युत् हुनेछ । आगामी ५ वर्षमा यी आयोजना निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । आयोजना निर्माणका लागि इजाजतपत्र लिएर निर्माण प्रक्रिया शुरू गरिसकेका आयोजनामध्ये २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशँली–१, १ सय ११ मेगावाटको रसुवागढी, ७८ मेगावाट सान्जेन, ६० मेगावाट माथिल्लो त्रिशँली थ्री ए, ४२ दशमलव ५ मेगावाट सान्जेन, २० मेगावाट लाङटाङखोला रहेका छन् ।

त्यस्तै १४ दशमलव ८ मेगावाट माथिल्लो सान्जेन, १४ दशमलव ७ मेगावाट फलाखुखोला, १४ दशमलव ३ मेगावाट माथिल्लो मैलुङखोला ६ दशमलव ४२ मेगावाट माथिल्लो मैलुङ ए, ६ मेगावाट न्यामन्याम खोला र ५ मेगावाट फलाखु खोला जलविद्युत् आयोजना रहेका छन्।