बढुवा भएका १४ एसएसपीको पदस्थापना, ९ जनाको सरुवा, कसको स्थान कहाँ ?

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापना गरेका छन् भने ९ जनाको सरुवा भएको छ ।

प्रहरी उपरिक्षक (एसपी) बाट भर्खरै बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई गृह–मन्त्रालयले आइतबार पदस्थापन गरेको हो ।

मन्त्रालयको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले एसएसपी श्यामलाल ज्ञवालीलाई महानगरीय प्रहरी कार्यालय प्रशासन महाशाखा रानी पोखरी, उमेशराज जोशीलाई प्रहरी महानिरीक्षकको सचिवालय, सन्दीप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, किरण बज्राचार्यलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी, दीपक थापालाई प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा र रामदत्त जोशीलाई केद्रिय अनुसन्धान ब्युरोमा पदस्थापना गरिएको छ ।

त्यस्तै सरुवा भएकाहरु पूजा सिंहलाई संघीय प्रहरी इकाई कार्यालय गण्डकी, प्रकाश अधिकारीलाई नेपाल राजदूतावास नयाँ दिल्ली, विश्वराज पोखरेललाई लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत देव बहादुर बोगटीलाई संघीय प्रहरी ईकाई कार्यालय सेती र दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा पठाइएको छ ।

सूची हेर्नुहोसः