प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

0
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिका– १७ क्षेत्रपाटी चोकमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजनराज भण्डारी रहेका छन् । प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले को।१४ प २७२८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक भण्डारीले बिलबुकभित्र राखेर दिएको उक्त नगद उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका(१ नक्साल नागपोखरीमा प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ४३ वर्षीय सुरेन्द्र पासवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले को।४१ प ५६१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सवारी चालकसँग अनुमतिपत्र नभएकोले उक्त नगद प्रहरीलाई दिन खोजेका थिए ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।