उच्च अदालतद्धारा वडाध्यक्षका नाममा कारण देखाउ आदेश

0
Shares

दाङ ।

जन्मदर्ता सिफारिश नदिने वडाध्यक्षको नाममा उच्च अदालत तुलसीपुरले कारण देखाउन आदेश जारी गरेको छ ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ का अध्यक्ष बिरबहादुर बिकलाई कारण देखाउन आदेश गरेको हो ।

अदालतले १२ वर्षीया बालिका देवी डाँगीको जन्मदर्ताका लागि सिफारिश नदिएको भन्दै वडाध्यक्ष विक र बालिकाका बाबु तुलसीपुर– ३ निबासी लक्ष्मणबहादुर डाँगीलाई जन्मदर्ता नबनाइदिनु र नदिनुपर्ने कारण खुलाउन आदेश दिएको छ ।

गायत्री डाँगीले दायर गरेको निवेदनका आधारमा म्याद तामेल भएको १५ दिन भित्र उपस्थित हुन आदेश जारी गरेको छ । उनका बुवाले जन्मदर्ता गराउन नमानेपछि सर्वोच्चले फैसला गरेको नाता कायमको प्रतिलिपि लिएर पीडित पक्ष वडा कार्यालय पुगेपनि वडाले जन्मदर्ताको सिफारिश नगरेको पीडितको गुनासो छ ।

तत्कालिन पुनरावेदन अदालत तुलसीपुर र सर्वोच्च अदालतले लक्ष्मण र लेमा डाँगी लोग्ने स्वास्नी भएको र देवी छोरी नाता भएको ठहर गरी फैसला गरेको थियो । तर अहिले बुवा र वडाध्यक्षले छोरीको जन्मदर्ताका लागि सिफारिश नगरेको पीडितको गुनासो छ ।