वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

काठमाडौँ ।
वैदेशिक रोजगार ठगी मुद्दामा फरार प्रतिबादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक शिखरपुर– ६ का हाल काठमाडौं, बुद्धनगर बस्ने ५५ वर्षीय भरत भन्ने भिम प्रसाद दाहाल रहेका छन् ।

उनले गत २०७३ साल जेठ २४ गते वैदेशिक रोजगारको व्यवसाय सञ्चालन गर्दै ईजाजत(पत्र विना नै रोजगारीको लागि दक्षिण कोरिया पठाईदिने प्रलोभन देखाई एक जनालाई ३ लाख ५० हजार ठगी गरेका थिए ।

पक्राउ परेका दाहाललाई १ लाख ५० हजार जरिवाना र १ बर्ष ६ महिना कैद हुने ठहर भएको थियो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौंबाट खटी गएको टोलिले शुक्रबार नयां बानेश्वरबाट पक्राउ गरी आईतबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिबादीबाट पिडित जाहेरवालालाई हर्जानासहितको बिगो ५ लाख २५ हजार दिलाई दिने समेत फैसला भएको थियो।

दाहाललाई कैद भुक्तानीका लागि आजै केन्द्रिय कारागार सुन्धारामा पठाईएको छ ।