सशस्त्र प्रहरीद्धारा लाखौँको सामान बरामद

0
Shares

भद्रपुर ।
झापाको पूर्वी काँकडभिट्टा नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको लाखौँ मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल हेडक्वार्टर २ नम्बर गण झापाबाट खटिएको गस्ती टोलीले आइतबार विहान विभिन्न प्रकारका सामग्री बरामद गरिएको सो कार्यालयले जनाएको छ ।

प्रहरीले मेचीनगरपालिका १२ स्थित ज्यामिरगढीबाट १८ बोरामा रहेको सुटिङ्,कुर्ती सरुवाल ,जस्तापातामा लगाउने रङ ६० लिटर, स्टील तथा काँचका भाडाकुँडा ४५ किलो र दुइ बोरा चप्पल गरी २ लाख ८४ हजार तीनसय ७४ रुपैयाँ मूल्य बरावरको सामान बरामद गरिएको सशस्त्रका डिएसपी तथा सूचना अधिकारी ओजिस ओलीले बताए ।

त्यसैगरी सोही दिन विर्तामोड १० स्थित बुट्टाबारी क्षेत्रबाट अमूल नामको घ्यू, काजु,किसमिस,मिठाइ,सुप लगायत गरी डेढ लाख रुपैयाँ मूल्य बरावरको सामान बरामद गरिएको डिएसपी ओलीले जानकारी दिए ।