मुसिकोटमा बस दुर्घटना हुँदा ८ जना घाइते

14
Shares

धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको रुकुमकोटबाट काठमाण्डौ जाँदै गरेको ना. ५ ख ५३८५ नम्बरको यात्रुबाहक बस मुसिकोटमा दुुर्घटना भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट स्थित सेरिगाउँमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा परी ८ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार घाईते मध्ये १ को अवस्था गम्बीर रहेको छ । सिस्ने गाउँपालिका वडा ५ इश्वरकुमारी बोहरालाइ गहिरो चोट लागेको छ ।

बोहरालाई थप उपचारको लागी नेपालगंज लगिएको बताइएको छ । गाडी ब्रेक फेल भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।