अमेरिकन रकस्टार तथा अभिनेतृ लेडी गागाले केही समयअघि मात्र ट्यालेन्ट एजेन्ट क्रिस्चियन कारिनोसँग इन्गेजमेन्ट गरेकी थिइन्। तर, उनले हालै यो इन्गेजमेन्ट तोडेकी छिन्।
यस कुराको पुष्टि भने उनको सेक्रेटरीले गरेको एजेन्सीले जनाएको छ। सन् २००३ मा गायन यात्रा शुरू गरेकी गागाको २००५ देखि २००८ सम्म अमेरिकन संगीतकार ल्युक कार्लसँग प्रेम सम्बन्ध रहेको थियो भने २०११ मा अभिनेता टेलर किन्नीसँग उनको नाम जोडिएको थियो। उनीहरूको विवाहको खबर आए पनि विवाह भने हुन सकेन।
आफ्नो गायकीका कारण संसारभर प्रसिद्धि कमाएकी गागाले गायनका लागि विभिन्न अवार्ड चुमेकी छिन्। सामाजिक सेवामा पनि सक्रिय गागा विभिन्न गतिविधि र अभिव्यक्तिका कारण विवाद तथा चर्चामा आइरहन्छिन्।











प्रतिक्रिया