सकियो बाल सांस्कृतिक मेला

0
Shares

फाल्गुन ३ गतेदेखि ९ गतेसम्म काठमाडौंको विभिन्न स्कुलमा अन्तर्राष्ट्रिय बाल सांस्कृतिक मेला सम्पन्न भएको छ।
लालीगुराँस नेस्नल एकेडेमी मनमैजुमा एक समरोहका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मेला शुभारम्भ गर्दै नेपालको पहिलो नृत्य निर्देशक भैरबबहादुर थापालाई सम्मान गरे। मलेसिया, ताइवान र नेपालका विद्यार्थीले भाग लिएको मेला फाल्गुन ४ गते लालीगुराँस नेस्नल एकेडेमी मनमैजु, फाल्गुन ७ गते बागमती बोर्डिङ स्कुल सुकेधारा र लोयल्टी एकेडेमी मण्डिखाटार तथा फाल्गुन ८ गते ओडीसी इन्टरनेसनल एकेडेमीमा आयोजना गरिएको थियो।

एभरेस्ट नेपाल कल्चरल ग्रुपले मेलाका लागि अन्तर्राष्ट्रिय समँहलाई नेपाल आमन्त्रण गरेको थियो भने लालीगुरँँस नेस्नल एकेडेमी मनमैजु, बागमती बोर्डिङ स्कुल सुकेधार, लोयल्टी एकेडेमी मण्डिखाटार र ओडीसी इन्टरनेसनल एकेडेमी आयोजक थिए। मेला अवधिभर विभिन्न देशका बालबालिकाले विद्यार्थीसँग आफ्नो कला प्रस्तुतिसँगै पठनपाठनका विषयमा अन्तरक्रिया गरेका थिए। पाटन र वसन्तपुर दरबार क्षेत्रका साथै बौद्धनाथ पनि अवलोकन गरेर बालबालिकाले नेपाली साह्रै मिलनसार र हँसिला भएको प्रतिक्रिया दिए।