आर्जन र केकीको झिमिक्क परेली


गायक आर्जन पाण्डेले अघिल्लो वर्ष गायिका इन्दिरा जोशीसँग युगलरूपमा गाएको गीतकै सक्वेलका रूपमा झिमिक्क परेली बोलको गीत गाएका छन्।

गायिका मेलिना राईसँग युगलरूपमा गाएको गीतको म्युजिक भिडियोले कम समयमै दर्शक तथा स्रँेताको मन जितेको छ। कोहलपुर एक्सप्रेस नामक फिल्म निर्देश्ँन गरिसकेका विशाल भण्डारीले आर्जनको नयाँ गीतको भिडियो निर्देश्ँन गरेका छन्। जसमा उनले आर्जनका साथमा नायिका केकी अधिकारीलाई जोडीका रूपमा प्रस्तुत गरेका छन्। फिल्मी शैलीमा निर्माण गरिएको भिडियो चलनचल्तीका भिडियोभन्दा केही पृथक छ। अर्जुन तिवारी र उनको समँहले छायांकन गरेको भिडियो प्रवीण श्रेष्ठले सम्पादन गरेका छन्।

नायिका तथा निर्मात्री अधिकारी व्यक्तिगत सम्बन्धका बारेमा चनाखो रहने गर्छिन्। उनी आफ्नो नाम कुनै पुरुषसँग जोडिएको मन पराउँदिनन्। यसपटक भने आफ्नो नाम गायक आर्जन पाण्डेसँग जोडिँदासमेत उनी मौन छिन्। सञ्चारमाध्यममा उनीहरूको रोमान्सका खबर सार्वजनिक भइसक्दासमेत केकीले न ती खबरलाई खण्डन गरेकी छिन्, न त स्वीकृति नै जनाएकी छिन्। आर्जन र केकीको नाम जोडिएको करिब एक वर्ष भयो। उनै आर्जनसँगको यो भिडियोमा उनीहरूको केमेस्ट्री पनि सुहाएको छ।

आर्जनले गाएको अघिल्लो गीत रेलिमाईको भिडियोको प्रचार–प्रसारमा केकी आफैं खटिएकी थिइन्। आफ्ना सोसल साइटमार्फत केकीले ती भिडियो शेयर गर्दै शुभकामना दिएकी थिइन्।