महोत्सवमा बहस

0
Shares

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ अन्तर्गत दोस्रो दिन शुक्रबार ३ फिल्म निर्देशक नवराज बुढाथोकीको भुइँमान्छे, शिवम् अधिकारीको पञ्चायत र छेतेन गुरुङको डमरुको डन्डिबियो प्रदर्शन गरिएको छ। कथाहरूको उत्सवका रूपमा आयोजना गरिएको महोत्सवमा विश्वका विभिन्न ३१ राष्ट्रका लामा र छोटा फिल्म देखाइँदै छ भने तीमध्ये ४ लामा र १० छोटा फिल्म प्रदर्शन गरिएको छ।

महोत्सवअन्तर्गत चलचित्रमा नारी विषयक बहसमा अभिनेतृ एवं निर्देशक दीपाश्री निरौला र सञ्चारकर्मी एवं निर्देशक संगीता श्रेष्ठ सहभागिता जनाएका थिए भने महिला अधिकारवादी मन्दिरा ढुंगेलले सहजकर्ताको भँमिका निर्वाह गरेका थिइन्। यस्तै गरी चलचित्रका लागि चुनौती बारेको बहसमा निर्माता एवं अभिनेता आकाश अधिकारी, रवीन्द्रसिं बानिया, निर्देशक हेमराज बीसी सहभागी भएका थिए भने पत्रकार अशेष अधिकारीले सहजकर्ताको भँमिका निर्वाह गरेका थिए।

महोत्सवको तेस्रो दिन शनिबार अभिनेता, फिल्म लेखक एवं निर्माता दीपकराज गिरीले आफ्नो कथा दर्शकसँग बाँडे भने क्याराभानका निर्देशक इरिक भ्यालिले प्रमुख वक्ताका रूपमा प्रस्तुत भए। शनिबार नै नेपालका लागि चलचित्रमार्फत पर्यटन विषयक बहससमेत भएको छ।