साइप्रसमा अनुपविक्रम र सन्दीपाको रोमान्स

0
Shares

रंगकर्मी तथा अभिनेता सम्राट सापकोटाद्वारा निर्देशित फिल्म कप्सको गीत सार्वजनिक गरिएको छ। आगामी वैशाख २७ गते अल नेपाल रिलिज गर्ने घोषणासहित फिल्मको पहिलो गीत तिमी र म सार्वजनिक गरिएको हो।

गीतमा विजय घिमिरे र नितु गुरुङको स्वर तथा शब्द र संगीत विजय घिमिरेको रहेको छ। यो गीतको भिडियो युरोपियन मुलुक साइप्रसको विभिन्न रमणीयस्थलमा छायांकन गरिएको छ। सुशन प्र्र्रजापतिले खिचेको यो गीतको भिडिया निकै आकर्षक बनेको छ।

रोमान्टिक शैलीको गीतमा यसका नायकनायिका अनुप विक्रम शाही र सन्दीपा लिम्बुले अनस्क्रिन रोमान्स गरेका छन्। निर्देशक सम्र्राट सापकोटाले गीतलाई भिजुअलको रूपमा सुन्दर बनाउन साइप्रस पुगेर त्यहाँको सुन्दर र ऐतिहासिक स्थलमा छायांकन गरिएको बताए।

विपीन घिमिरेको सम्पादन रहेको कप्सको गीतको कोरियोग्र्र्र्र्र्राफी शिशिर खातीले गरेका छन्। फिल्म सम्राट सापकोटा र राम शाक्यले संयुक्तरूपमा निर्माण गरेका हुन्।फिल्ममा अनुपविक्रम र सन्दीपाका साथै अमित गिरी, राजाराम क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङ्तान, सुन्दर श्रेष्ठलगायतले अभिनय गरेका छन्।