निर्माण व्यवसायीलाई ऋण तथा औजारमा छुट दिन माग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

महिला, बालबालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको यात्रालाई मँर्तरूप दिन निर्माण क्षेत्रको भँमिका अपरिहार्य रहेको बताउनुभएको छ ।
देश विकासमा महत्वपँर्ण योगदान दिने निर्माण व्यवसाय क्षेत्रको विकास विस्तारका लागि सहयोग गर्न सरकार सधैं तयार रहेको समेत मन्त्री थापाले बताउनुभयो ।

राजधानीमा शनिबार नेपाल निर्माण व्यवसायी महासंघअन्तर्गत रहेका निर्माण व्यवसायी महिला सदस्यहरुको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री थापाले निर्माण व्यवसायको विकासका लागि सरकारी प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

संविधानले नै हरेक क्षेत्रमा महिला प्रतिनिधित्व सुनिश्चित गरेको अवस्थामा निर्माण व्यवसाय क्षेत्रमा पनि महिलाको उचित सहभागिता हुनुपर्ने मन्त्री थापाको भनाइ थियो ।

‘निर्माण व्यवसाय क्षेत्रलाई अझ भरपर्दो तथा विश्वासिलो बनाउन तपाईहरु ठोस योजनासहित आउनुहोस्, सरकार सहयोग गर्न तयार छ,’ मन्त्री थापाले भन्नुभयो । सरकारले हालै घोषणा गरेका कार्यक्रमहरु सबै व्यवसायीको पक्षमा रहेको भन्दै थापाले आफ्नो घोषणा पँरा गर्न सरकार तयार रहेको बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महिला निर्माण व्यवसायीहरुका लागि सरकारले ऋण तथा औजारमा विशेष छुटको घोषणा गर्नुपर्ने बताउनुभयो । महिला निर्माण व्यवसायीहरुलाई सक्षम बनाउने पहिलो दायित्व राज्यकै भएको अध्यक्ष सिंहले बताउनुभयो ।

निर्माण व्यवसायी महिला समन्वय समिति संयोजक सरस्वती कार्कीले व्यवसायीमैत्री ऐन कानुनको अभाव, भुक्तानीको समस्या, चन्दा आतंकलगायतका समस्याले निर्माण व्यवसाय क्षेत्र आक्रान्त रहेको बताउनुभयो । दिनरात नभनी घरवार सम्हाल्दै यस चुनौतीपँर्ण पेशामा लागेका महिला निर्माण व्यवसायीहरु पेशाबाट विस्थापित हुने खतरा सिर्जना भएको कार्कीको भनाइ थियो ।

महासंघका पँर्व अध्यक्षहरु जयराम लामिछाने तथा यक्षध्वज कार्कीले सरकारी नीति अत्यन्त अव्यवहारिक भएकाले निर्माण व्यवसाय क्षेत्र ठँलो मारमा परेको भनाइ राख्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले सीमित स्रोत साधन तथा अवसरका बाबजुद महिला निर्माण व्यवसायीको भँमिका प्रशंसनीय रहेको बताउनुभयो ।

महासंघका महासचिव रोेशन दाहालले महिला निर्माण व्यवसायीलाई अझ व्यावसायिक तथा दक्ष बनाउन वर्तमान कार्य समिति क्रियाशील रहेको बताउनुभयो । महासंघ केन्द्रीय सदस्य मोहनकुमारी कालिकोटेले महासंघका महिलाहरुको प्रतिनिधित्व बढाउन महासंघ नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा महासंघका कानुनी सल्लाहकार अधिवक्ता बाबुराम दाहालले कार्यपत्र प्रस्तुत गर्दै निर्माण व्यवसाय र यसमा महिला सहभागिताको विविध पक्षबारे प्रकाश पार्नुभयो । भेलाको बन्द सत्रमा देशभरबाट आएका महिला निर्माण व्यवसायीहरुले कार्यक्षेत्रमा भोग्नु परेका समस्या बारे महासंघ नेतृत्वको ध्यानाकर्षण गर्दै समस्या समाधानका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा निर्माण व्यवसाय क्षेत्रमा उल्लेख्य योगदान दिने महिला व्यवसायीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सामाजिक उत्तरदायित्व अन्र्तगत भक्तपुर चाँगुनारायणमा रहेको मानव कल्याण समाजलाई नगद १५ हजार र अन्य अत्यावश्यक जिन्सी सामग्री प्रदान गरिएको थियो ।