‘हिन्दू राष्ट्र कांग्रेसको आधिकारिक धारणा होइन’

0
Shares

विराटनगर, (नेस)
नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले नेपाली कांग्रेसले संविधानमा धर्मनिरपेक्षता स्विकारिसकेको अवस्थामा हिन्दू राष्ट्र कायम हुनु पर्छ भन्ने धारणा नेपाली कांग्रेसको आधारिक नभएको बताएका छन । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसंग कुरागर्दै उनले पार्टीको आधिकारीक धारणा नआई कुनै ब्यक्ति विशेषको विचारका आधारमा हिन्दू राष्ट्र पक्षमा काग्रेस उभियो भनेर बुझन नहुने बताए ।

उनले सवै नेपाली जनताको स्विकार्य संविधान वनाउनका लागि संविधानमा संशोधन भने आवश्यक रहेको बताए । मुलुकमा हिंसात्मक गतिविधि संचालनगर्ने पक्षसंग सरकारले अविलम्व वार्ता गर्नुपर्ने उनले बताए । गोलीवाट समस्या समाधान नहुने भएकोले त्यसप्रकारको गतिविधि संचालन गर्ने पार्टीहरुसंग वार्ता गर्नुपर्नेमा उनले जोड दिए । विगतको घटनाहरुवाट पाठसिक्नु पर्नेमा जोडदिदै उनले सम्वद्ध पक्षसंग बार्ता गरी समस्या समाधान गर्न सरकारलाई प्रतिपक्षको सहयोग रहने बताए ।

नेता गच्छदारले वर्तमान दुई तिहाई वहुमतको सरकारले जनताको पक्षमा कार्य गर्न नसकेको आरोप लगाउदै परिवर्तनको अनुभव जनताले महशूस गर्न नपाएको दाबी गरे । मुलुकमा राजनीतिक परिवर्तन ल्याउन कुनै दल बिशेषको मात्र नभई अन्य राजनैतिक पार्टीहरुको समेत ठूलो योगदान रहेको बताउदै उनले वहुमतको सरकारले मात्र संघीयताको सफल कार्यान्वयन गर्न नसक्ने दावी गरे ।