धर्मेन्द्र बिसी, अछाम
अछामको ढकारी गाउँपालिका–३ मा रहेको एनसेल टावरमा शुक्रबार राति आगजनी गरिएको छ । आगजनीबाट एनसेलको मोबाइल सेवा अवरुद्ध भएको छ ।
शुक्रबार मध्यराति गरिएको आगजनीबाट साढे दुई मिटर जति तार जलेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। आगजनी नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। ‘अहिले नै कसले आगजनी र्गयो भन्ने स्पष्ट भइसकेको छैन। तर विप्लव निकट नेकपा माओवादीले जलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। बाकी अनुसन्धान कै क्रममा छौं,’ अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले भने।
आगजनीका कारण अहिले अछाममा एनसेलको मोबाइल सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनकबहादुर शाहीले बताउनुभयो । “व्याट्रीबाट टावरको कन्ट्रोल रुमसम्म जाने करिब दुई मिटर तार जलेको छ, उहाँले भन्नुभयो, “एनसेनको मोवाईल सेवा पुर्ण अवरुद्ध भएको छ ।”
जिल्लामा रहेका अन्य एनसेल टावरमा पनि आगजनी हुनसक्ने भन्दै ती स्थानमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।
यसअघि बिहीबार वागलुङका तीनवटा एनसेल टावरमा आगजनी भएको थियो भने नुवाकोटमा पनि एनसेल टावरमा आगजनी गरिएको थियो ।











प्रतिक्रिया