सेवाकेन्द्र विवादले स्थानीय आन्दोलित

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज
नेपाल सरकारले ठोरी गाउँपालिकाको सेवा केन्द्र परिवर्तन गरेको बिरोधमा सुवर्णपुरका स्थानीयवासिन्दाले आन्दोलन जारी राखेका छन् उनीहरुले बिरोध स्वरुप मोटरसाइकल जुलुस निकालेका छन् ।

सुवर्णपुर स्थित ठोरी गाउँपालिकाको कार्यालय अघिबाट निस्किएको मोटरसाइकल ¥याली सानो बाघमोर्चा, ठूलो बाघमोर्चा, प्रधानटोल, गडुवालाइन, क्षेत्रीलाईनलाई परिक्रमा गरेको संघर्ष समितिका संयोजक बिमल प्रधानले बताए।मोटरसाइकल र्याली पछि सुवर्णपुर चोकमा कोण सभा गरिएको प्रधानले बताए । कोणसभालाई सम्बोधन गर्दै संयोजक प्रधान, भीमबहादुर पाख्रिनलगायतले सरकारको निर्णय खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए । स्थानीय तहले बार्तामा बोलाए पनि अहिलेसम्म बार्ताको वातावरण नबनाएको आरोप प्रधानले लगाए ।

कोणसभापछि बसेको संघर्ष समितिको बैठकले माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्थानीय तहका प्रमुखले आन्दोलनरत संघर्ष समितिका पदाधिकारीलाई कारबाही गर्ने, जेल हाल्ने, तथा ज्यान समेत मार्नेजस्ता धम्की दिएको आरोप विज्ञप्तिमार्फत लगाइएको छ । सरकारले गत माघ १४ गते घ्याङडाँडामा सेवा केन्द्र सार्ने निर्माण गरेपछि १७ गतेदेखि सुवर्णपुरका स्थानीयले सेवा केन्द्रको मुल गेटमा तालाबन्दी र कालो ब्यानार राखेर विराध जनाउँदै आइरहेका छन् ।