प्रकाश पन्त, वीरेन्द्रनगर
११ वर्ष अघि बर्माको समुद्रमा पानी जहाज भित्र भएको विष्फोटमा परी दैलेखका निरकबहादुर शाही घाइते भए । जहाजभित्रका उनका १२ साथीको ज्यान गयो । उनी भने भाग्यले बाँचे । १०५ दिनपछि होस खुल्यो । तर, अनुहार डढेको थियो, दाहिने कान, नाक र ओठ थिएन ।
कमाउन गएका शाही विस्फोटमा परेपछि घर फर्किए । प्लाष्टिक सर्जरी गरी नाक र ओठ बनाए । उनले जीवनबाट हरेस खाएनन् । बरु प्राविधिक शिक्षा एच पढे । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत उनी अहिले आपूmजस्तै दुर्घटनामा परेका व्यक्तिहरुको जीवनमा साहस भरिरहेका छन् । उनी भन्छन, जीवनमा जतिठूलो संकट आएपनि हार खानु हुन्न ।
जोकोही मान्छे समस्यामा पर्दा आत्तिन्छन् । दुर्घटनाले उसको भौतिक शरीरमात्र होइन, मानसिक जीवनमै उथलपुथल ल्याउँछ । सुर्खेतका रामबहादुर खड्काले सानैछँदा आगोले जलेर एउटा हात गुमाए । अनुहार पनि जलेको छ । जीवनमा ठुलो दुख भोगका उनी अहिले कर्णाली प्रदेशकै सफल उद्यमी बन्न सफल भएका छन । जति ठूलो समस्या परेपनि आतिनु हुदैन, उनी भन्छन, निरन्तर अघि बढ्दा मात्र सफलता मिल्छ ।
२०६३ सालमा २४ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयको छात्रवासको छतबाट खसेर स्पाइनलकर्ड इन्जिुरी भएका दैलेखका राजनकुमार कँडेल पनि हिम्मतका एक प्रतिक हुन् । दुर्घटनामा परी हिड्ढुल गर्न नसकेपनि उनले हिक्मत हारेनन् । ह्वीलचेयरको सहारामा ज्ञानको ज्योति बाँडिरहेका कँडेल सुर्खेत क्याम्पस शिक्षाका सहायक प्रमुख उनी भन्छन, जीवनमा जति बज्र प्रहार भएपनि हिम्मत नहार्ने हो भने सफलता पाउँन सकिन्छ ।
हिक्मत नहार्नेमा लामबद्ध अर्की पात्र हुन सुर्खेतकी शितलसिंह राठौर । द्वन्द्वमा श्रीमान गुमाएकी उनीले हरेस खाइनन् । सुर्खेतका एकल महिलालाई संगठिन गरेर उनीहरुलाई अघि बढने प्रेरणा दिदै आएको बताउछिन ।
अर्की एकल महिला रामकुमारी थापा पनि आफुजस्तै एकल महिलालाई आत्मनिर्भर बनाउन सक्रिय छन ।
सहकारीमार्फत एकल महिलालाई व्यवसाय गर्न सघाइरहेकी उनी भन्छिन, हरेस खाएन भने अघि बढन सकिन्छ । उनीहरु समस्याबाट बिचलित नभई अघि बढिरहेका छन् । हिक्मतले गर्दा उनीहरु एकातिर सफल भएका छन । भने अर्कोतिर अरुको लागिसमेत प्रेरणाको पात्र बनेका छन ।











प्रतिक्रिया