नेपाल समाचारपत्र, काठमाडौं
प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालकै पुरानो स्पार्क अस्पतालले २७ औं वार्षिकोत्सब सम्पन्न गरेको छ । सोल्टीमोड कालिमाटी स्थित अस्पताल प्राङ्गणमा भएको कार्यक्रममा अस्पतालमै उपचार पछि निको भएका बिरामीहरुको प्रमुख आतिथ्यता भएको थियो ।
वार्षिकोत्सबकै अवसर पारेर अस्पतालले अस्पतालमा उपचारपछि निको भएका बिरामीहरुको बिचार, उनिहरुको भोगाइ र अस्पताल बसाइको बारेमा समेटेर तयार पारिएको पुस्तक ‘स्पार्कले दिएको नयाँ जीवन’ नामक पुस्तक विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै कलाकार एवम् पत्रकार शैलेन्द्र सिंखडाले आफ्नै बिरामीलाई अग्रसर गरेको फरक कार्यक्रम गरेको भन्दै प्रशंसा गर्नुभयो । सोही अवसरमा योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष जनक बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिबाट अगाडि बढेको अस्पतालले २७ वर्ष पार गर्नु सामान्य कुरा नभएको बताए ।
कार्यक्रममा सभापति एवम् अस्पतालका अध्यक्ष टंक नाथ पौडेलले अस्पतालको यो सफलता र यो यात्रा आफ्नो भन्दा पनी सहयात्रीहरुको कारणले सम्भव भएको र बिरामीहरुको विश्वास र मायाकै कारणले सम्भव भएको बताउनु भयो । कार्यक्रममा अस्पतालमा कार्यरत डाक्टर विजय फुँयाललाइ नगद पुरस्कार सहीत उत्कृष्ट कर्मचारीको पुरस्कार दिइयो ।
त्यस्तै बिगत २६ वर्षदेखि स्पार्क अस्पतालले संचालन गरेको योगा कक्षामा सहभागी भैआएका द्वय मोहनचण्डी श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठलाई समेत सम्मान गरियो ।











प्रतिक्रिया