मुक्तिनाथ विकास बैंकको एकैपटक तीन शाखा

0
Shares

काठमाडौं, (नेस)
मुक्तिनाथ विकास बैंकले एकैपटक तीन शाखा खोलेको छ। बैंकले कास्कीको अमरसिंह चोक, जिरो किलो तथा लामाचौर गरी आफ्ना तीन शाखा कार्यालय विस्तार गरेको हो। ती शाखा गण्डकी प्रदेशका आर्थिक, योजना तथा मामिला मन्त्री किरण गुरुङ, प्रदेशसभा सांसद मनबहादुर गुरुङ, बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ९धुर्मुस०लगायतले उद्घाटन गर्नुभएको थियो। कार्यक्रमका बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो।