महिलाका नाममा जग्गा लिने बढ्दै

0
Shares

डोटी, (नेस)
जिल्ला मालपोत कार्यालय सिलगढी डोटीमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको संख्या बढेको छ । नेपाल सरकारले महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय गरेसँगै जिल्लामा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको संख्यामा वृद्धि भएको जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख शुनिलसागर जोशीले जानकारी दिनु भयो । उहाँका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा मात्र नभई दलितको नाममा पनि जग्गा पास गर्नेको संख्यामा वृद्धि भएको छ ।
अहिले दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रावधान छ । आर्थिक वर्ष २०७४÷७५ मा महिलाको नाममा जग्गा पास गर्नेको संख्यामा १ हजार २००,दलितका नाममा जग्गापास गर्नेको संख्या २० र वृद्धवृद्धाको नाममा जग्गा पास गरेको जिल्ला मालपोत कार्यालय सिलगढी डोटीको तत्थ्यांकमा उल्लेख छ । आव २०७५÷७६ को हालसम्म महिलाको नाममा जग्गापास गर्नेको ६९५ रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।