महिला अधिकार कानुनको निर्माणसँगै मौनताको अन्त्य

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त आचार्यले महिलाको अधिकारसम्बन्धी कानुनको निर्माणसँगै मौनताको अन्त्य हुँदै गएको बताउनुभएको छ। ‘महिला र पुरुषबीचको विभेदमा समयानुकूल परिवर्तन हुँदै आएको छ’ –उहाँले भन्नुभयो।
‘लै·िक हिंसाको अन्त्य आजको आवश्यकता, समृद्ध राष्ट्र निर्माणमा युवाको सहभागिता’ भन्ने मूल नाराका साथ लै·िक हिंसा अन्त्यका लागि विद्यमान कानुनी व्यवस्था विषयको अखिल नेपाल महिला संघ केन्द्रीय हिंसाविरुद्धको अभियान र अखिल नेपाल केन्द्रीय युवा समितिले आयोजना गरेको अन्तक्र्रियामा मन्त्री ढकालले महिला कानुनको निर्माण र चेतनाको स्तर वृद्धिसँगै कानुनी निकायमा धाउन थालेको बताउनुभयो।
अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष गोमा देवकोटाले महिला र पुरुषबीच एकरूपता ल्याउन विभिन्न संघसंस्था मात्र नभई मिडिया र महिला स्वयंको पनि सहयोग आवश्यक रहेको बताउनुभयो। संघका सचिव विष्णु ओझाले धर्मग्रन्थमा समेत महिलालाई विभेद गरिएको छ भन्दै सामाजिक र सांस्कृतिक चिन्तनमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले आजको क्रान्ति अधिकार प्राप्ति नभई उपभोग र आर्थिक क्रान्तिको रहेको बताउनुभयो। महिलालाई आयआर्जनका क्षेत्रमा जोड्न सहकारीमार्फत थुप्रै सहजता ल्याइएको उहाँले जानकारी दिनुभयो।
यसैबीच दुई पटकसम्म डा। गोविन्द केसीका विरुद्ध अनसन बस्दै आउनुभएका चिकित्सा शिक्षा अभियान्ता विजय थापाले अनसन बस्ने चेतावनी दिनुभएको छ। नेपाली विद्यार्थी अस्ट्रेलियामा अलपत्र परेको समाचार बाहिरिएसँगै डा। केसी पुनः अनसनमा बस्ने खबर बाहिरिएको थापाले शुक्रबार पत्रकार सम्मेलन गरी भन्नुभयो– ‘डा। केसीकै अनसनका कारण नेपाली विद्यार्थी अन्य देशमा पढ्न जान बाध्य छन्। के नेपाली विद्यार्थी स्वदेशभित्रै पढ्न पाउने अधिकार छैन रु’ उहाँले डा। केसीको माग कुनै पनि हालतमा पूरा हुन नदिन आफू अनसनरत रहेको बताउनुभयो।