असल शासनसम्बन्धी अभिमुखीकरण

0
Shares

काठमाडौं, (नेस)
सेवा लिन आउने लाभग्राहीको सेवा सन्तुष्टिलाई असल शासनको पक्षका रूपमा महानगरले अघि बढाएको छ। यसका लागि जनसम्पर्कमा हुने कर्मचारीका लागि २ दिने अभिमुखीकरण तालिम दिइयो।
तालिममा कर्पोरेट कल्चर, शारीरिक हाउभाउबाट प्रदर्शन हुने सञ्चार, सेवा प्रवाहमा भाव र अर्थ, प्रभावकारी सुनुवाइ, आँखा र कानको सक्रियता, अभिवादन कला, आवाजको उतारचढावको अर्थ, विनयशीलता र पोशाकबाट पर्ने प्रभावका विषयमा कक्षा सञ्चालन गरिएका थिए।
तालिमको विषयमा प्रतिक्रिया दिँदै महानगरका सहसचिव डा। टोकराज पाण्डेले निजी क्षेत्रबाट हुने गरेको सेवा व्यवस्थापन सरकारी कार्यालयमा पनि सम्भव रहेको बताउनुभयो। ‘यसका लागि मानसिकरूपमा तयार हुन सके परिणाम आउँछ’ –उहाँको तर्क थियो। सरकारी कर्मचारीका प्रत्येक आचरण सेवाग्राहीसँग जोडिएको हुन्छ।
सानातिना कुरा भनेर गरिएको बेवास्ताले सेवाप्रति सेवाग्राही रिसाएका हुन सक्छन्। मानव शंसाधन महाशाखाका प्रमुख बखतबहादुर साउदले तालिमले कर्मचारीलाई सक्षम बनाउने बताउनुभयो।