सुइरेचौरमा प्याराग्लाइडिङको सफल परीक्षण

0
Shares

शालिकराम चालिसे, नुवाकोट
नुवाकोट जिल्लामा पहिलोपटक प्यारागलाईडिङको सफल परिक्षण गरिएको छ ।
नुवाकोट जिल्लाको पुर्वी भेगमा अबस्थित शिवपुरी गाउँपालिकाको वडा न ७ सुईरे चौरमा प्यारागलाईडिङको परिक्षण उडान सफलता पुर्वक सम्पन्न गरिएको छ ।
१९०० हाईट उचाइमा रहेको रमणीय पर्यटकिय स्थल सुईरेचौरमा नेपाल प्यारागलाईडिङ कम्पनी प्रालिले २ ओटा प्यारागलाईडिङ उडएर सफल परिक्षण गरेको हो । प्याराग्लाईडिङ सुईरेचौरबाट उडान सुरु गरेर शिवपुरी ८ थानपतिको सतरि फाटमा ल्याण्ड गरेको थियो । प्यारागलाईडिङको परिक्षण उडान अबलोकन गर्न पुगेका पुर्व सासद तथा नेकपा नेता राजेन्द्र प्रकास लोहनीले सुईरेचौरमा प्यारागलाईडिङको ब्याबसायिक उडानले शिवपुरीको सुईरे चौरमा पर्यटकको संख्यामा वृद्धि हुने र काठमाडौबाट नजिकै रहेकोले पनि सुइरेचौर पर्यटकको लागि हब बन्ने बताए ।

त्यस्तै स्थानिय प्याराग्लाईडिङको सफल परिक्षणले सुईरेचौरमा आन्तरिक तथा बाह्य पर्यटनहरु धेरै आउने र शिवपुरी को आर्थिक विकासमा टेवा पग्ने स्थानिय रेडियो जालपाका प्रबन्धक निर्देशक उतम श्रेष्ठले बताए । केही समयपछि सुईरेचौरबाट व्याबसायिक रुपमा प्यारागलाईडिङ उडान सेवा दिने नेपाल प्यारागलाईडिङ कम्पनीका मेनेजिङ डाईरेक्टर ज्ञान भक्त डगोलले जानकारी दिए ।