एकीकृत कसुरअन्तर्गतको मुद्दाको फैसला

0
Shares

विराटनगर, (नेस)
गत भदौ १ देखि मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि जिल्ला अदालत मोरङले पहिलोपटक एकीकृत कसुरअन्तर्गतको फैसला गरेको छ। एकीकृत कसुरअन्र्तगतको कर्तव्य ज्यान र ज्यान मार्ने मुद्दामा विराटनगरका १७ का १९ वर्षीय चुन्नु भनिने बब्लु सिंहलाई अदालतले साढे ३७ वर्षको कैद सँजायको फैसला सुनाएको हो।
मोरङ अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडाले सिंहलाई प्रचलित कानुनमा भएको व्यवस्थाअनुसार कर्तव्य ज्यानमा २५ वर्ष र ज्यान मार्ने उद्योगमा १२ वर्ष ६ महिनाको कैद सँजायको फैसला सुनाएका हुन्। अदालतमा मुद्दा दर्ता भएको १ महिनापछि यो मुद्दाको फैसला भएको श्रेस्तेदार ईश्वर ओझाले बताए।