अस्ट्रियाली विदेशमन्त्री नेपालमा,आज उच्चस्तरीय भेटवार्ता हुँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अष्ट्रियाली विदेशमन्त्री करिन किनाइसल नेपालको ३ दिने औपचारिक भ्रमणका सिलसिलामा विहीवार काठमाडौं आइपुग्नु भएको छ । नेपाल–अस्ट्रियावीच द्धौत्य सम्बन्ध स्थापना भएको हीरक वर्षगाठको अवसर पारेर नेपाल आउनुभएकी उहाँ उच्चस्तरिय भेटवार्तासँगै विविध कार्यक्रममा सहभागी रहनु हुनेछ ।

किनाइसलले आज शुक्रवार नेपाली समकक्षी प्रदीप ज्ञवालीसँग द्धिपक्षिय भेटवार्ता गर्दै हुनुहुन्छ भने उहाँले शुक्रवार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटर्वार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै मुलुकको औपचारिक सम्बन्ध स्थापना भएको ६ दशक पुरा भएको अवसरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गर्ने ‘नेपाल अस्ट्रिया सहकार्यको ६० औं वर्ष उर्जा, क्षेत्रियता र विश्वव्यापी मुद्धा’ विषयक अन्र्तक्रिया कार्यक्रमलाई किनाइसलले सम्बोधन गर्दै हुनुहुन्छ ।

नेपाल सहित दक्षिण एसियाली मुलुकको भ्रमणमा आउनुभएकी उहाँ श्रीलंका भ्रमण पूरा गरी नेपाल आउनुभएको हो । किनाइसल भोलि शनिबार भुटान प्रस्थान गर्ने बताइएको छ ।