कंगनाको मणिकर्णिका, सय करोड क्लबमा

0
Shares

बलिउड नायिका कंगना रनावत स्टारर फिल्म मणिकर्णिका ः द क्विन अफ झाँसी सय करोड क्लबमा प्रवेश गरेको छ। चौथो हप्तामा प्रदर्शन भइरहेको यो फिल्ममा कंगनाले झाँसीकी रानी लक्ष्मीबाईको भूमिका निर्वाह गरेकी छिन्।

फिल्म राम्रो भए पनि आफूलाई बलिउड कलाकारले सहयोग नगरेको भन्दै कंगनाले आलिया भट्टलगायतका बलिउड कलाकारको बारेमा अभिव्यक्ति दिँदै तिक्तता पोखेकी थिइन्।

उनले आफू कुनै पनि कलाकारको फिल्म हेर्ने र राम्रो कामको प्रशंसा गर्ने बानी भएको र राम्रो कामको प्रशंसा सबैले गर्नु पर्ने बताएकी थिइन्। कंगनाका अनुसार मणिकर्णिका एक महिला सशक्तीकरण तथा राष्ट्रवादको विषयमा बनेको फिल्म भएकाले उनलाई सबैको सहयोग चाहिनेछ। राधाकृष्ण जगरलामुडी र कंगनाले निर्देशन गरेको यो फिल्म कंगनाको डेब्यु निर्देशन हो।