किचकिचे माया सार्वजनिक

0
Shares

निर्माता तथा प्रदर्शक नकिम उद्दिनद्वारा निर्मित अंग्रेजी भाषाको फिल्म द म्यान फ्रम काठमाडौंको गीत किचकिचे माया हालै सार्वजनिक गरिएको छ।

गीतमा नायक कर्मा र नायिका आना शर्मालाई फिचरिङ गरिएको छ। सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत रहेको गीत चन्दनध्वज केसीले गाएका छन्। यसको भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ। पेमा धोन्डुपले निर्देशन गरेका फिल्म आगामी चैत १ गते अलनेपाल रिलिज गरिँदै छ।

नेपालसँगै अमेरिकामा छायांकन गरिएको फिल्मले अतिवादी सोच भएको एक हिन्दू–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा बोल्ने बताइएको छ। फिल्ममा आना र कर्मासँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख तथा नेपालका कलाकारहरू नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतमलगायतले अभिनय गरेका छन्।