अष्ट्रेलियामा अलपत्र विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

0
Shares

काठमाडौँ, (नेस) ।
प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजार भन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेकाले उनीहरुको उद्धार र उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वुधवार एक विज्ञप्ती जारी गरी पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निभाउन आग्रह गर्नुभएको हो ।

कांग्रेसले यस घटनाका सम्बन्धमा पार्टीको नेपाली जनसम्पर्क समितिलाई तत्काल थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन दिइएको जनाएको छ । प्रवत्ता शर्माले दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन पार्टीको तर्फबाट सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।