निजी क्षेत्रलाई साढे ३ सय अर्ब आवश्यक, पुँजी बजारबाटै उठाउन उपयुक्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पुँजी बजारका समस्याबारे छलफल गर्न मंगलबार बसेको संघीय संसदको अर्थ समितिमा सरोकारवालाबीच आरोप प्रत्यारोप भएपछि समिति तत्काल कुनै निर्णयमा नपुग्ने निष्कर्शमा पुगेको छ । समितिका सभापति कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा देखिएको समस्या समाधानका लागि बृहत् अध्ययन र छलफल गरेपछि मात्रै सरोकारवाला निकायलाई निर्देशन दिन सकिने बताउनुभएको छ ।

पछिल्लो समयमा पुँजी बजारमा देखा परेका समस्याका बारेमा छलफल गर्न बसेको बैठका सरोकारवाला आरोप प्रत्यारेपमा उत्रिएका थिए । बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिने विषयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक ब्रोकर एसोसिएसनबीचको विवाद देखिएको थियो । साथै लगानीकर्ताले पनि नियमक निकायमाथि दोष थोपरेका थिए ।

बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेको घिमिरेले पुँजी बजारको विकास गर्न सरकार प्रतिबद्ध रहेको भन्दै लगानीको सबैभन्दा मुख्य आधार यसैलाई बनाउने उल्लेख गर्नुभएको छ । उहाँले निजी क्षेत्रलाई ३५० अर्ब रूपियाँ आवश्यक रहेको अध्ययनमा देखिएको उल्लेख गर्दैै त्यो पुँजी जुटाउने सबैभन्दा उपयुक्त माध्यम पुँजी बजार रहेको धारणा राख्नुभयो ।

शेयरमा पुँजीगत लाभकरका सन्दर्भमा अर्थ मन्त्रालय अध्ययनको क्रममा रहेकाले यसबारे मन्त्रालय छिट्टै निष्कर्शमा पुग्ने घिमिरेले जानकारी दिनुभयो । त्यस्तै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बैंकलाई ब्रोकरको लाइनसेन्स दिने प्रक्रिया अघि बढेको भन्दै यसले प्रतिस्पर्धा बढाउने बताउनुभयो ।‘ब्रोकरको क्षमता कम छ । त्यसैले बैंकहरुलाई दिएमा बैंकले आफ्ना सबै शाखाबाट पनि ब्रोकर सेवा दिन सक्छन् ।’ कार्कीले भन्नुभयो–‘मैले २७ वटा ब्रोकर थपेर ५० वटा बनाउन खोज्दा पुराना ब्रोकरले विरोध गरे अहिले बंैकलाई ब्रोकर लाइसेन्स दिन खोज्दा पुराना चप छन् नयाँले विरोध गरिरहेका छन् ।’

नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्रसिंह साउदले अनलाइन प्रणालीका बारेमा आएका सबै सँचना सत्य नभएको उल्लेख केही समस्या भने रहेको बताउनुभयो । उहाँले केही सीमित लगानीकर्ताले बजारको विषयमा नकारात्मक हल्ला फिँजाएको आरोप लगाउनुभयो । अनलाइन कारोबार शुरु भएपछि २६ अर्ब ३० करोड रुपियाँ बराबरको शेयर कारोबार भएकोमा अनलाइनमार्फत ३ अर्ब १० करोड रुपियाँ बराबरको कारोबार भएको जानकारी दिनु भयो ।
‘१५ लाख लगानीकर्ता रहेको देशमा ५२ लाख लगानीकर्ताको नाम कहाँबाट आयो ? ब्रोकरले कसरी त्यति धेरै देखाए । यसले डेटा माइग्रेसनमा समस्या देखिएको साउदको भनाइ थियो ।

बैठकमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले २३ खर्बको पुँजीबजार १३ अर्ब झरेको उल्लेख गर्दे लगानीकर्ता डराउने वातावरण उत्पन्न भएकोप्रति ध्यानकर्षण गराउनुभयो । उहाँले बजार सुधारका लागि सरकारले घोषणा गरेका कार्यक्रम तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुभयो।
बैंकको चर्को ब्याजदर नै अहिलेको पुँजी बजारको मँख्य बाधक भएको भन्दै उहाँले बैंक ब्याजदर नियन्त्रण गर्नुपर्ने बताउनुभयो । शेयर बजारको विस्तारका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, बजार अध्ययन गरेर मात्रै प्यान लगाउनुपर्ने, पुँजीगत लाभकरको विषयलाई छिटो टुंगोमा पु¥याउनुपर्ने उहाँको धारणा थियो ।

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बैंकलाई ब्रोकर लाइसेन्स दिँदा ‘इन्साइडर ट्रेडिङ’ को जोखिम हुने धारणा राख्नुभयो ।

पुँजी बजार विज्ञ एवम् नेपाल राष्ट्रका पँर्वकार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्टले पुँजी बजारमा सँचना संवेदनशीलताको ख्याल राख्नुपर्ने सुझाव दिनुभयो । नियमनकारी निकाय, सरोकारवाला संस्था र व्यक्तिहरुले बजारका बिषयमा मनलाग्दी अभिव्यक्ति नदिनसमेत उहाँको सुझाव थियो ।